बर्लुस्कोनीलाई अदालतले दियो झट्का

२६ बैशाख २०७०, बिहीबार ०७:१४ मा प्रकाशित

एजेन्सी । कर छलेको आरोपमा अदालतबाट चार वर्षको जेल सजाय पाएका इटलीका पूर्वप्रधानमन्त्री सिल्वियो बर्लुस्कोनीको उमेरका कारण एक वर्ष कैद सजाय घटाइए पनि सजायबाट मुक्त गर्न अदालतमा उनले गरेको अपिल भने खारेज गरिएको छ । कर छलेको मामलामा दोषी कायम गर्दै ७६ वर्षिय बर्लुस्कोनीलाई पाँच वर्षसम्म कुनै पनि सार्वजनिक पद धारण गर्न नपाउने फैसला गरिएको छ । उनीमाथि फिल्मसम्बन्धी काम गर्ने आफ्नो कम्पनीमार्फत् भारी मात्रामा कर छलेको मुद्दा लगाएको थियो भने उनले राजनीतिक प्रतिसोधबाट प्रेरित भई यो आरोप लगाइएको दाबी गर्दै आएका छन् । यतिबेला इटलीको गठबन्धन सरकारमा बर्लुस्कोनीको पार्टी पिपुल अफ फ्रिडम पनि सामेल छ । 
स्मरण रहोस्, उमेर नपुगेका किशोरीहरुसँग सेक्स सम्बन्ध राखेको र सत्ताको दुरुपयोग गरेको आरोपमा पनि बर्लुस्कोनी चर्चा र आलोचनामा रहँदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

सिड्नी । अस्ट्रेलियाको औषधि नियामक निकायले १६ र १७ वर्ष उमेर समूहका व्यक्तिलाई पनि कोभिडविरुद्ध बुस्टर डोज दिन अनुमति दिएको

नयाँ दिल्ली । भारतको प्रमुख विपक्षी दल कंग्रेस आई पार्टीका नेता राहुल गान्धीले ट्विटरका फलोरअर्स घटेको भन्दै ट्विटर इन्कका सीइओसमक्ष

न्युयोर्क।रसियाले युक्रेनमाथि हमला गरे पश्चिम युरोपमा रुसी ग्यासलाई पठाउने मुख्य पाइपलाईन नर्थ स्ट्रिम २ खोल्ने निर्णय रोक्ने अमेरिकाले चेतावनी दिएको

न्युयोर्क । अमेरिकी राष्ट्रपति जोन बाइडेनले युक्रेनप्रति आफ्नो समर्थन रहेको दोहो-याएका छन् । युक्रेनका राष्ट्रपति किभ भोलोदिमिर जेलेन्सिकीसँगको टेलिफोन वार्तामा