सरकार नीजि क्षेत्र मिलेमा आर्थिक क्रान्ति हुन्छ : अर्थमन्त्री कोइराला

२६ बैशाख २०७०, बिहीबार ०६:५१ मा प्रकाशित

काठमाडौं, २६ वैशाख । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्र आर्थिक क्रान्ति सफल हुने विश्वास व्यक्त गरेका छन् । नेपाल व्यवसायी मञ्चले बुधबार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा लगानी मैत्री वातावरण बनाउने आफ्नो लक्ष्यमा राजनीतिक संक्रमणले कुनै बाधा नपार्ने कोइरालाले बताए । मन्त्री कोइरालाले व्यवसायीहरूलाई दोहोरिने खालका व्यवसायको प्रवद्र्धन नगर्न सल्लाह दिँदै व्यवसायीहरूको समूहबीच कार्यगत एकता नभएकोमा गुनासो गरे ।
निजी क्षेत्रका आधारभूत मागलाई आगामी वर्षको बजेटमा सम्बोधन गर्ने आश्वासन दिँदै मन्त्री कोइरालाले ठोस माग ल्याउन उद्यमीहरूलाई सुझाव दिए भने सोही कार्यक्रममा उद्योग सचिव कृष्ण ज्ञवालीले आपूmहरू उद्यमीको हितअनुकूल काम गर्न तत्पर रहे पनि उनीहरूले घचघच्याउन नसकेको गुनासो गरे।
यस्तै, उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले सरकार र निजी क्षेत्र मिलेर छिटो निर्णय लिन सके मात्र नेपालमा लगानी मैत्री वातावरण बन्ने धारणा राखे भने बैंकर्स एसोसिएसनका उपाध्यक्ष गोपाल पौडेल, नेपाल उद्योग परिसंघका नरेन्द्र बस्नेत, उद्योग मन्त्रालयका सहसचिव यामकुमारी खतिवडालगायतले पनि आ आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता बढाइरहेको छ । पछिल्लो मत परिणामअनुसार पाँच महानगरमा गठबन्धनको अग्रता छ भने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई झन फराकिलो बनाउँदै लगेका छन् । २३ हजार २२३

झापा । झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी