दाइजोमा मोटरसाइकल मागेपछि कसरी भाँचियो हात ?

२६ बैशाख २०७०, बिहीबार ०६:३६ मा प्रकाशित

छविलाल बगाले, लमजुङ, २६ वैशाख । यतिबेला नेपालभरका गाउँ–शहरमा बिहेको रौनक सुरु भएको छ । हिन्दु परम्पराअनुसार गरिने विहेमा पहिले केही सहमति भएपछि केटीको घरमा बेहुली हेर्न र विहे गर्ने तिथि मिति तय गर्नको लागि केटीको घरमा पुग्ने हाम्रो नेपाली समाजको संस्कार नै हो । यसैअनुसार लमजुङ चिती–६ का दिपेन्द« सिलवालले पनि त्यही गर्ने भए । लमजुङको चण्डिस्थानमा आफुसँग मन मिल्ने केटी भेटेपछि बिहेको अन्तिम टुङ्गो लगाउन सिलवाल आफ्ना दाजुलाई लिएर केटीको घरमा कुरा गर्न पुगे । र अन्तमा केटा केटी बिहेको लागि मन्जुर भएपछि बाबुआमाको के लाग्छ र ?
केटाकेटीको मन मिलेर एक आपसमा मञ्जुर भएपछि केटीका बाबुआमामा खुसीको रौनक देखिए पनि आफ्नी चेलीलाई विदा गरेर पठाउँदा त कस्को बाबुआमाको मन खुसी हुन्छ र ? हो, त्यही खुसी गाउँमा नदेखिने रुपमा पक्कै चलेको हुँदो हो । तर, त्यो खुसी लामो समय रहन सकेन । बेहुलाका दाजुले भने, ‘केटा र केटीबीच मन्जुरी भएर मात्र हुँदैन तपाईंकी छोरी हामीलाई दिने हो भने दाइजोको रुपमा मोटरसाइकल पनि दिनुपर्छ ।’ यो कुरा मुखबाट खस्न नपाउँदै बेहुलीका बाबु छाँगाबाट खसेजस्तै भए ।
टिका लगाउन बेहुलीको घर पुगेका बेहुलापट्टिको यस्तो कुरा सुनेपछि विहे गर्न तम्तयार भएकी केटीलाई कस्तो भयो होला ? आफ्नो जन्मघर छोडेर कर्मघर जान तयार भएकी बेहुलीलाई आफ्नो जिन्दगी बिताउने मानिसले नै आफूलाई भन्दा दाइजोलाई ठूलो ठानेपछि कस्तो भयो होला ? तर, केटी पक्षको रिसको सिमा नै रहेन र भने हामी छोरी पनि दिने अनि अनि दाइजो पनि माग्ने ?
यता आफ्नो भावी ससुरालीले आफूले मागेको कुरा दिन अस्विकार गरेपछि बेहुला पक्षलाई कम्ति रिस उठेन । त्यसपछि उनीहरुले पनि भनिदिए, ‘मोटरसाइकल दिन नसक्ने घरमा हामी विहे गर्दैनौं ।’ त्यसपछि शुरु भयो दुबै तर्फ भनाभन । भनाभन शुरु भएपछि बेहुलीका बाबु बाबुराम बहादुर भण्डारीले टिकाटालो गर्दैनौं भनिदिए, भिजाएका अक्षतालाई कतै फालिदिए । केही समय अगाडि खुसी भएको चण्डिस्थान एकाएक अँध्यारो भयो । भनाभन बढ्दै गयो । बेहुला पक्ष दाइजो प्रथा सामाजिक कलंक भएको र आफ्नो आर्थिक स्थिति मोटरसाइकल दिन नसक्ने भएको भन्न थाल्यो । केटा पक्ष दाइजोविना विहे नै नगर्ने अडान लिन थाल्यो । भनाभनकै क्रममा अन्ततः विहे रोकियो तर कुरा यतिमै सिमीत रहेन ।
झगडा हुन थाल्यो । सो क्रममा केटाका दाजु सुरेन्द्र सिलवालको त हात नै भाँचियो । उनको उपचार गर्न अस्पताल नै दौडाउनु प¥यो । गाउँको महिला समूहलाई पनि यो कुरा थाहा भयो । यस्तो हर्कतका लागि केटापक्षले माफी माग्नुपर्ने अन्यथा जे पनि हुन सक्ने भन्दै आमा समुहले जोड गर्न थाल्यो । माफी नमागेपछि सिलवाललाई प्रहरीमा बुझाइयो । उनले त्यहाँ आइन्दा त्यसो नगर्ने भन्दै माफी मागे । उता, आमा समूहले सिलवालले गरेको गल्ती स्वरुप सिलवाल परिवारलाई ३५ हजार जरिवाना लगाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। राष्ट्रियसभाको निर्वाचन सकिएसँगै सत्ता गठबन्धनको भविष्य के हुन्छ भन्ने प्रश्न उब्जिएको छ। सत्ताघटकका अन्य दलले गठबन्धनलाई आगामी संघीय र

काठमाडौं।एमालेमा गएका पूर्वमाओवादी नेताहरू अहिले पछुताउन थालेका छन् । एमाले नेतृत्व व्यक्तिवादी भएको र आफ्ना गुनासोको सुनुवाई नगरेको भन्दै केहि

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार एक

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले मौरिससविरुद्धको खेलमा नयाँ अनुभव बटुल्ने बताएका छन् । मौरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलअघि