कम्युनिटी डेभलपमेण्ट बैंकका कर्मचारीद्वारा सञ्चालकमाथि हातपात

२५ बैशाख २०७०, बुधबार २२:४० मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २५ वैशाख ।मा अनियमितताको कुरा उठाउँदा आफूमाथि अध्यक्षको निर्देशनमा सुनियोजित रुपमा कमचारीले आक्रमण तथा कुटपिट गरेको यहाँका एक सञ्चालकले आरोप लगाएका छन् । बैंकका सञ्चालक प्रेमराज गैरेले बैंकमा भएको अनियमितता र खर्च कटौतीको विषय कुरा उठाउँदा आफैले कुटाई खाएका हुन् । कुटपीटबाट घाईते गैरेको लुम्बिनी अञ्चल अस्पतालमा उपचारपछि थप उपचारका लागि अस्पतालले काठमाडौ रिफर गरेको छ । उनको हाल काठमाडौंमा उपचार भइरहेको छ ।
यही बैशाख २४ गते भएको बोर्ड बैठकमा सञ्चालक गैरेले बैंकको साधारणसभाका लागि स्थान छनोट गर्ने क्रममा छलफल भएको थियो । बैंकका कर्मचारीले मणिग्रामको पार्टी प्यालेसमा २५ हजारमा हल बुक गरेको बताएका थिए । तर निःशुल्क हल पाइने सिद्धार्थ पार्टी प्यालेस बुटवलमा साधारणसभा गर्ने गरी वोर्ड बैठकले निर्णय गरेको थियो ।
वोर्ड बैठकको निर्णयअनुसार बैठक समाप्त भएपछि सञ्चालक गैरे राजमार्ग चौरहा नजिकै रहेको सिद्धार्थ पार्टी प्लेसमा बुक गर्न गएको समयमा सोही बैंकका कर्मचारी भक्तबहादुर खड्काले नाटकीय रुपमा पार्टी प्यालेसमा उपस्थित भई गैरेलाई कुटपिट गरेको पिडितले बताएका छन् । मैले मणिग्राममा रहेको पार्टी प्यालेसमा साधारणसभाका लागि हल बुक गराई सकेको अवस्थामा तपाईले किन सिद्धार्थ पार्टी प्यालेसमा गर्ने निर्णय गरी बुक गर्न आउनुभयो भन्दै भक्तबहादुरले आफुलाई अपशब्द बोल्दै कुटपिट गरेको पीडित गैरेले बताए ।
यसरी आफूलाई कुटपिट गर्ने भक्तबहादुरलाई प्रहरीले तत्काल पक्राउ गरी कारवाही नगरेको पीडितको भनाइ छ । बैंकका अध्यक्षसहित कर्मचारीहरुको मिलोमतोमा गैरेलाई कारवाहीको माग गरी इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ताका लागि निवेदन पठाइएको छ । पीडित गैरको तर्फबाट पनि कुटपिट गर्ने भक्तबहादुरलाई कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालयमा जाहेरी
दिइएको छ । तर प्रहरीले दुवै पक्षका जाहेरी बुझे पनि दर्ता नगरी राखेको छ । प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको बताएता पनि जाहेरी दर्ता नगर्नुले आसंका उत्पन्न भएको छ ।
बैंकको २०६९ साल जेठ ६ गते अध्यक्ष पशुपति घिमिरेको अध्यक्षतामा सञ्चालक समितिको ५१ औं बैठक बसेको थियो । बैठकमा अध्यक्ष घिमिरेसहित सञ्चालकहरु पे्रमराज गैरे, नवराज भुसालको सहभागिता रहेको थियो । बैठकमा बैंकको आन्तरिक र कर्जा स्वीकृत गर्ने विषयका
दुई एजेण्डा प्रस्ताव गरिएको थियो । अध्यक्ष घिमिरेले प्रस्ताव गरेका एजेण्डा उपर छलफल भएको थियो । जसमा आयुष पोल्ट्री एण्ड ह्याचरी कम्पनी प्रा.लि चितवनको नाममा विभिन्न शिर्षकमा
१ करोड १० लाख ऋण कर्जा दिने विषयमा विवाद भएको थियो । ती प्रस्ताबमा छलफल हुँदा आयुष पोल्ट्री एण्ड ह्याचरी कम्पनी प्रा.लि चितवनको नाममा विभिन्न शिर्षकमा १ करोड १० लाख ऋण कर्जा दिने कुरा उठेपछि सञ्चालकद्वय पे्रमराज गैरेर नवराज भुसालले गम्भीर असहमति जनाएका थिए । उनीहरुले आफूहरु असहमत रहेको जनाउदै नोटअफ डिसेन्ट लेखेका थिए । सञ्चालकद्वय गैरे र भुसालले बैंकका अध्यक्ष पशुपति घिमिरेको निर्देशनमा बैंकमा अनियमितता भएको आरोप लगाएका छन् । त्यस्तै बैंकका कर्मचारी भक्तबहादुर खड्काले बैंकका अध्यक्षसहित केही सञ्चालक कालिकानगरमा रहेको होटल डेनोभोमा खानखान जानुभएकाले माइनुटमा हस्ताक्षर गराउन भनी जाने क्रममा झुक्किएर सिद्धार्थ कटेजमा पुगेको बताए । सिद्धार्थ कटेजमा पुग्दा त्यहा रहेका बैंकका सञ्चालक पे्रमराज गैरेले आफुलाई हातपात गरेको खड्काको दावी छ ।
बैंकका एक शेयर सदस्यका अनुसार बैंकको कर्जा प्रवाह सम्बन्धमा भएको अनियमितताको लिखित उजुरी नेपाल राष्ट्र बैंकलाई दिइएको जानकारी गराएका छन् । नेपाल कम्युनिटी डेभलपमेण्ट बैंक लिमिटेड प्रधान कार्यालय बुटवलमा आई बैंकको गतिविधिबारे अनुसन्धान गरी तत्काल कर्जा असुल गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।
यस सम्बन्धमा बैंकका अध्यक्ष पशुपति घिमिरेले राष्ट्र बैंकले दुई पटक निरिक्षण गरी बैंकका दुई वटा कर्जा फाईलमा टिप्णी गरेको र त्यसपछि आफु बैंकका प्रमुख कार्यकारी अधिकृत र ऋण अधिकृतलाई असुलिका लागि ताकेता गरेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठमाडौं । प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता चयन गरेको छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको