शाहवंशले भुलेको ‘गाउँसहर’ र हामीले बिर्सेको ‘यती’ :: शिवजी श्रेष्ठ

२५ बैशाख २०७०, बुधबार २१:०६ मा प्रकाशित

जबजब यतीको प्रसङ्ग आउँछ, एनआरएनसँग ‘यती’को नाता र सम्बन्धको कुरा आउँछ, तब मलाई नौ वर्षअगाडिको तत्कालीन राजा ज्ञानेन्द्रको लमजुङ जिल्ला भ्रमणका ती दृश्य याद आउँछ । राजा ज्ञानेन्द्र लमजुङवासीको अभिनन्दन ग्रहणपश्चात् जब हेलिकोप्टरतर्फ प्रस्थान गर्ने मञ्चबाट ओर्लिंदै थिए, तत्कालीन लमजुङ जिविस सभापति हेमजंग गुरुङले माथि डाँडातिर इशारा गर्दै राजा ज्ञानेन्द्रलाई केही भन्दै थिए । उनले राजालाई इशारा गरेको डाँडा थियो, गाउँसहर । जहाँ उभिएको थियो गाउँसहर दरबार, जहाँबाट सुरु भएको शाहवंशीय इतिहास, अर्थात् त्यही दरबारबाट द्रव्य शाह लिगलिगकोट पुगेका थिए र त्यहीँबाट उनले गोरखा राजाको स्थापना (वि.सं. १६१६) गरेका थिए । अनि, त्यहीँ गोरखा राज्यबाट नेपालको एकीकरण ।

तर, द्रव्य शाह कहिल्यै फर्किएर त्यो गाउँसहर एकीकरण त्यसैगरी गोरखा राज्यका राजा पृथ्वीनारायण शाह नुवाकोट जितेलगत्तै कहिल्यै आफ्नो आधारराज्य गोरखा फर्केर गएनन् । यतिसम्म कि उनी पछाडिका नौ पुस्तासम्मले पनि गोर्खा टेकेनन् । त्यसैले राजा ज्ञानेन्द्रको त्यस भ्रमणमा अपेक्षित थियो, उनको गाउँसहर दरबार अर्थात् पुख्र्यौली थलोको भ्रमण । त्यसैले हामीले सम्भावित भ्रमणलाई दृष्टिगत गरेर सुरक्षालगायतका अन्य आवश्यक व्यवस्था गरेका थियौँ । हेलिप्याडसमेत व्यवस्था गरेको त्यस पुख्र्यौली थलो अर्थात् शाहवंशको आधारशिलामा त्यो हेलिकोप्टर पुग्न सकेन । अहिले त्यस्तै लाग्छ बेलायतस्थित ‘यती’ संस्थाको इतिहास र वर्तमान पढेर, सुनेर अनि देखेर । ‘यती’ अर्थात् विदेशमा भारतबाहेक नेपालीहरूबाट स्थापना गरिएको पहिलो संस्था, जसको आफ्नै ऐतिहासिक गौरवगाथा छ । जसले परदेशिएका धेरै नेपालीलाई छहारी दियो, नेपाली विद्यार्थीबाट सुरु भएको यस संस्थाले नेपाली कला र संस्कृतिलाई बढावा दियो, बेलायती नेपालीको पर्याय बन्यो तर झन्डै–झन्डै आफैँ एउटा इतिहासको पानामा सीमित हुन अवस्थामा पुग्यो । सुनिन्छ अनि भनिन्छ कि विश्वव्यापी सङ्गठन बन्न सकेको गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को आधारभूमि बेलायत नै हो । अनि, त्यसभन्दा एक कदम अगाडि बढेर भनिन्छ– बेलायतमा ‘यती’ नै यसको आधारशिला थियो । एनआरएनको स्थापना हुँदा यतिसम्म भनिन्थ्यो रे, ‘यती’ हुँदाहुँदै किन एनआरएन ? आज त्यो कुरा साँच्चै हो र ? भन्ने अवस्थामा पुगेको छ । कसले पत्याउन सक्छ– ‘त्यो’ र ‘यो’ अवस्था ? जसको जगमा उठेको भनिएको ‘एनआरएन’ आज कसैले नजरअन्दाज गर्न नसकिने विश्वव्यापी सङ्गठन बनिसक्दा ‘यति’चाहिँ ‘नजरअन्दाज’ मात्र होइन ओझेलमै पारिसकिएको छ ।
संसारको इतिहास हेर्दा जति नै परिवर्तन भए पनि जति नै नयाँ कुराहरू बने पनि पुराना कुराको संरक्षण÷सम्बद्र्धन गर्ने गरेको देखिन्छ । तर, हामीमा त्यो कुरा लागू भएको देखिँदैन । हामी नयाँ कुराको सुरुआतसँगसँगै पुराना कुरा मास्न उद्यत् हुन्छौँ, नयाँपनको नाममा पुराना इतिहासलाई बीचबाटैमा छाडेर हिँडिदिन्छौँ । जब–जब म पाटन र काठमाडौं जोड्ने थापाथलीको बागमती पुल पुग्छु त्यहाँ दाहिनेपट्टि रहेको स्तम्भ देख्दछु, तब भीमसेन थापाले बनाएको पुरानोपुल सम्झन्छु, जो केही वर्षअघिसम्म बटुवाहरूलाई बागमती तर्न सघाइरहेको हुन्थ्यो । तर नयाँ पुलको विस्तारको नाममा त्यो ऐतिहासिक धरोहर पनि मासिएर गयो । मलाई ‘यती’को अवस्था पनि यस्तै लाग्छ– नयाँ–नयाँ संस्था बन्ने नाममा यो ऐतिहासिक संस्था बागमतीमा भीमसेन थापाले बनाएको पुलको नियति भोग्दै छ । कुनै दिन पाटन र काठमाडौंका जनताका आधारस्तम्भ रहेको त्यस पुलले नयाँ पुलको निर्माणसँगै जुन रूपमा औचित्यहीन बनाइँदै अस्तित्वविहीन पारियो, आज त्यसरी नै कुनै दिन बेलायतवासी नेपालीको आधारस्तम्भ रहेको ‘यती’ नयाँ–नयाँ सङ्गठन जन्मने क्रममा अस्तित्वहीन पारिँदै गएको देखिन्छ ।
पढिन्थ्यो, सुनिन्थ्यो अनि सुनाइरहेछ हिजो ‘यती’मा रहनु एउटा मर्यादाको कुरा थियो, शानको कुरा थियो । कुनै दिन यती कतिका लागि आधारस्तम्भ बन्यो, यसैमा टेकेर अनि समाएर कतिले आफूलाई उभ्याए । बेलायतमा एनआरएनको स्थापनाको नेतृत्व पनि यसै ‘यती’कै आधारमा तय भए । तर, यो आधारस्तम्भ भीमसेन थापाको पुलजस्तै बन्दै गइरहेछ । पृथ्वीनारायण शाहले छाडेर गएपछि उनका नौ पुस्ताले फर्केर पनि नहेरेको ‘गोर्खा’जस्तो भएको छ । अनि हेलिकोप्टरमा लमजुङ आएर पनि शक्तिसम्पन्न तत्कालीन राजा ज्ञानेन्द्रले एक फन्को मार्न नसकेको उही राजाको पुख्र्यौली जग (थलो) गाउँसहर दरबार भइदिएको छ ‘यती’ अहिले । नेपालमा प्रजातन्त्रको जग बसाउने ‘प्रजापरिषद्’जस्तो सुकेको बूढो रूख भइदिएको छ– अहिले ‘यती’ । ‘प्रजापरिषद्’ जसले प्रधानमन्त्री पनि जन्मायो, धेरै राजनीतिज्ञका आधारस्तम्भ बनेको थियो, तर नयाँ–नयाँ ‘मौका’सँगै सबैले छाड्दै गएको बूढो ‘प्रजापरिषद्जस्तो भइदिएको छ यो ‘यती’ ।
हिजो यसको आवश्यकता महसुस गरेर यसको जन्मदिनेहरूले पनि त्यति ‘खोजबखर’गरेको सुनिदैन । अनि हिजो यसैभित्र हुर्केकाहरू, खाई–खेली गरेकाहरू यसकै वरपर रहेर पनि यसलाई पुनर्जीवन दिन गम्भीरतापूर्वक लागि नै परेको महसुस पनि हुँदैन । ‘नयाँ पुस्ता’ त आखिर ‘रे’ मा नै सीमित हुने नै भयो । जिल्ला, वाद, गाउँ, जात, थर र टोलका नाममा संस्था जन्मिँदै जाँदा सबैको संस्थाको रूपमा जन्मिएको, हुर्किएको अनि छहारी बनेको यो संस्था हेर्दाहेदै ‘छ’–‘छैन’ को अवस्थामा पुग्न गयो । आधा शताब्दी काटिसक्दा पनि यसले आफ्नो स्वर्ण महोत्सव मनाउन नसक्ने पीडा भोग्नुप¥यो । हाम्रो नेपालमा एउटा उखान छ, ‘खोलो त¥यो, लौरो बिर्सियो’ सायद यसलाई चरितार्थ गर्ने प्रयासमा छौँ हामी । यसबीचमा सकि–नसकी चालू कार्यसमितिले लगन बितेपछि पनि स्वर्ण महोत्सव मनाउने प्रयासमा छ । सायद ‘यती’ले गाउँसहर दरबार, एकीकरणपश्चात्को गोरखा, भीमसेन थापाको थापाथली पुल अनि प्रजापरिषद्को जस्तो नियति भोग्न नपर्ला । एउटा आशा हो, जे होस् ‘यती’ तिम्रो स्वर्ण महोत्सवमा तिम्रा अभियन्ता अनि तिम्रा छहारीमा कुनै दिन बस्नेहरू निर्दयी भए पनि तिम्रा इतिहास ‘स्वर्ण’छन् । तिम्रो पुनर्जीवन अनि निरन्तरको शुभकामना ।

प्रतिक्रिया
सम्बन्धित खवर

हरिविनाेद अधिकारी नेपाली कांग्रेसको महाधिवेशनले अझै पूर्णता पाएको छैन किनभने सभापतिद्वारा मनोनयन गर्ने ३३ वटा सदस्यहरुमध्ये १३जनामात्र मनोनयन गरिएको छ

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा पुष्पा भुसाल पदाधिकारी आकांक्षी हुन् । पार्टीको संसदीय दलका सचेतक एवं केन्द्रीय सदस्य रहेकी भुसाल समग्र महिलाको

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्देरबारदेखि सुरु हुँदैछ । देशभरबाट हजारौं नेता कार्यकर्ता र जनसहभागिता रहने भनिएको महाधिवेशनमा सुरक्षाको विषय महत्वपूर्ण

नेपाली कांग्रेसको १४औँ महाधिवेशन २४-२७ मंसिरमा काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । नयाँ नेतृत्व चयन हुने महाधिवेशन नजिकिँदै गर्दा पदाधिकारीदेखि केन्द्रीय सदस्यमा धमाधम