त्रिपाठी, बुढाथोकी र पिटरलाई सरकाले वरिष्ठ पत्रकार सम्मानबाट पुरस्कृत गर्ने

२५ बैशाख २०७०, बुधबार २०:४८ मा प्रकाशित

काठमाडौं, २५ वैशाख । नेपाल सरकारले यस साप्ताहिकका संस्थापक प्रधानसम्पादक देवप्रकाश त्रिपाठी, साँघु साप्ताहिकका सम्पादक गोपाल बुढाथोकी र पत्रकार नरेन्द्रजंग पिटर (नुनिन्द्र दुलाल) लाई जनही रु. दुई लाख नगदसहित वरिष्ठ पत्रकार सम्मान दिने निर्णय गरेको छ । सरकारले सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव नारायणप्रसाद सञ्जेलको संयोजकत्वमा पुरस्कार सिफारिस समिति गठन गरेको थियो । सो समितिको सिफारिसपश्चात् सरकारले उक्त निर्णय गरेको हो । विगत २५ वर्षदेखि पत्रकारितामा क्रियाशील देवप्रकाश त्रिपाठीले आफ्नो पत्रकारिता जीवनमा टेलिभिजन तथा रेडियो पत्रकारिताको समेत अनुभव संगाल्नुभएको छ भने करिब पन्ध्र वर्षअघि राष्ट्रिय समाचार समितिको महाप्रबन्धकको जिम्मेवारी पनि सम्हाल्नुभएको थियो । उहाँले स्पेसटाइम दैनिकको प्रधानसम्पादक भएर पनि काम गर्नुभएको थियो । गोपाल बुढाथोकी विगत पैंतीस वर्षदेखि निरन्तर पत्रकारितामा क्रियाशील हुनुहुन्छ । उहाँले पत्रकारिता गर्ने क्रममा राज्यबाट विभिन्न समयमा अनेकौँ यातनासमेत भोग्नुभएको छ । पञ्चायतकालमा लगाइएको एउटा राजकाज मुद्दाबाट बुढाथोकीले अहिलेसम्म पनि छुटकारा पाउनुभएको छैन । नरेन्द्रजंग पिटर पुराना पत्रकार हुनुहुन्छ । उहाँले दशवर्षे हिंसात्मक युद्धकालमा बेग्लै प्रकारले पत्रकारिता गर्नुभएको थियो । त्यसैगरी सरकारले ०६९ सालको राष्ट्रिय पत्रकारिता पुरस्कार महिलाद्वारा सञ्चालित दुईवटा एफएमलाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय गरेको छ । रेडियो मुक्ति बुटवल र रेडियो दिदीबहिनी पर्वत उक्त पुरस्कार प्राप्त गर्नेमा परेका छन् 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।