विद्यार्थीहरुबीच चुनावी झडप हुन थालेपछि आचारसंहिता जारी

२५ बैशाख २०७०, बुधबार २०:३४ मा प्रकाशित

काठमाडौं, २५ वैशाख । आगामी जेठ २३ गतेका लागि स्ववियु चुनावको मिति तोकिएपछि क्याम्पसमा विद्यार्थी संगठनहरूबीच चुनावको सरगर्मी बढेको छ भने झगडा हुने क्रम पनि बढेको छ । यसरी निर्वाचनलाई लिएर उपत्यकाका क्याम्पसहरूमा विद्यार्थी संगठनहरूबीच झड्प हुन थालेकोले स्ववियु निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालयले निर्वाचन तालिका र आचारसंहिता जारी गरेको छ । त्रिवि शिक्षाध्यक्ष गुणनिधि न्यौपानेको संयोजकत्वमा गठित समितिले निर्वाचनका लागि आवश्यक पर्ने आचारसंहिता तयार गरेको हो । विद्यार्थी संगठनका नेताहरूसँग छलफल गरेर आचारसहिंता लागू गरिएको त्रिवि युवा तथा खेलकुद शाखाले जनाएको छ । 
निर्वाचन आचारसंहितामा उल्लेख भएअनुसा विद्यार्थीले निर्वाचनमा पोस्टर र भित्ते लेखन गर्न पाउने छैनन् । भित्ते लेखन गर्दा र पोस्टर पमप्लेट तयार गर्दा धेरै खर्च हुनुका साथै विद्यार्थी संगठनबीच झडप हुने भएकाले त्यसलाई निषेध गरिएको हो । यसैगरी क्याम्पसमा निर्वाचनको विषयमा माइकिङ गर्न पाउने छैनन् । क्याम्पसले सबै उम्मेदवारलाई समेटेर परिचयात्मक कार्यक्रम आयोजना गर्ने आचारसंहितामा उल्लेख छ ।
त्रिविले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार ९ जेठमा संघ, संगठन र समूह दर्ता, १० मा मतदाता सूची प्रकाशन, १३ मा दाबीविरोध मतदाताको, १४ मा मनोनयन वितरण, १६ मा समानुपातिक र प्रत्यक्षतर्फका उम्मेदवारको नामावली सिलबन्दी रूपमा दर्ता गर्ने कार्यक्रम त्रिविले सार्वजनिक गरेको छ । त्यस्तै, १७ मा उम्मेदवारी दाबी विरोध, १९ मा उम्मेदवारको नाम फिर्ता र २३ मा निर्वाचन गर्ने कार्यक्रम रहेको छ ।
त्रिविले प्रत्यक्ष र समानुपातिक प्रणालीका आधारमा निर्वाचन गर्नेछ । सभापति, सचिव, कोषाध्यक्ष पदमा निर्वाचन हुनेछ भने उपसभापति र उपसचिव समानुपातिक आधारमा गरिनेछ । सदस्यहरूको निर्वाचन पनि सोही आधारमा हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आए जिम्मेवारीबाट नभाग्ने बताएका छन्। आज चितवनमा आयोजित कार्यक्रममा बोल्दै

काठमाडौ । नेकपा दाहाल-नेपाल समूहले ओली समूहमा सक्रिय नेताहरुलाई कारबाही गरेको छ । नेताहरु महेश बस्नेतसहित सूर्य थापा, विशाल भट्टराई,

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

दमौली । नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय