विद्यार्थी आन्दोलन कमजोर, भोलीको बन्द फिर्ता

२५ बैशाख २०७०, बुधबार २०:१८ मा प्रकाशित

काठमाडौं, २५ वैशाख । पुर्वमुख्यसचिव लोकमानसिंह कार्कीलाई सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नियुक्त गरेको विरोधमा विभिन्न १३ विद्यार्थी संगठनहरुले आज राजधानीमा विरोध प्रदर्शन गरेका छन् । १३ दलका विद्यार्थीको संयुक्त विरोध कार्यक्रममा दुई तीन सय विद्यार्थी मात्र जुलुसमा सामेल भएका थिए । 
यसैबीच कार्कीको नियुक्ति विरुद्ध आन्दोलनरत १३ विद्यार्थी सङ्गठनहले भोलि बिहिबारका लागि आह्वान गरेको उपत्यका बन्द पनि फिर्ता लिएका छन् । आमाको मुख हेर्ने दिन परेकाले बन्द फिर्ता लिएको विद्यार्थी नेताहरुले जनाएका छन् । अपेक्षाकृत रुपमा आन्दोलनको लहर नआएपछि मुख हेर्ने दिनको बहाना बनाएको टिप्पणी एकथरी विश्लेषकहरुले गरेका छन् भने अर्काथरीले लोकमान प्रकरणबाट सुरु भएको आन्दोलनले ठूलो रुप लिने दाबी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेले धनकुटामा ‘क्लिन स्वीप’ गरेको थियो । तीन नगरपालिकासहित ७ पालिका रहेको धनकुटामा

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा हालसम्म तीन दलले एक सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष आफ्नो पोल्टामा पार्न

रुपन्देही । स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम आइरहेको छ । यसै क्रममा लुम्बिनीका १०९ मध्ये ८१ स्थानीय तहको नतिजा

ललितपुर । ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।