पानी नपर्दा किसान चिन्तित

२५ बैशाख २०७०, बुधबार ०१:३४ मा प्रकाशित

देवचन्द्र भट्ट, नुवाकोट, , २४ बैशाख । वैशाख महिना वित्न लाग्दा समेत पानी नपरेपछि नुवाकोटका किसानहरु चिन्तित भएका छन् । आकाशे पानीको भरमा मकै तथा तरकारी खेती गर्दै आएका विभिन्न स्थानका किसानहरु वर्षात नहुँदा खेती गर्न नपाई चिन्तित भएका हुन् ।
पानी नपर्दा नुवाकोटका ठूला फाँटहरु पिपलटार, माझिटार, इनारपाटी, बट्टार, खरानीटार, गणेशस्थान, दुईपीपल, तारुका, महादेवफाँटलगायतका स्थानका हजारौं किसानहरु मकै तथा तरकारी बाली लगाउन नपाउँदा चिन्तित भएका हुन् । गतवर्ष वैशाखको दोश्रो सातामै मकै रोपिएको थियो । यस वर्ष पानी नपर्दा वैशाखको चौथो साता वित्न लाग्दा समेत मकै रोप्न नपाइएको पिपलटारका कृषक होमबहादुर न्यौपानेले वताउनुभयो ।
वर्षात नहुँदा मकै र तरकारी बाली लगाउन नपाउनुका साथै नुवाकोटमा तापक्रम समेत वृद्धि भई गर्मी बढेको छ । तापक्रम बढेर मंगलबार विदुरमा ३६ डिग्री सेन्टिग्रेड पुगेको छ । गर्मी बढेपछि सर्वसाधारण नदी तथा पोखरीहरुमा नुहाउनका लागि पुगेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । मंगलवार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा