बस र ट्रयाक्टर ठोक्किदा ११ घाइते, एक गम्भीर

२५ बैशाख २०७०, बुधबार ०१:३३ मा प्रकाशित

देवचन्द्र भट्ट, नुवाकोट, , २४ बैशाख । नुवाकोटको पश्चिमी चारघरे गाविसमा मंगलबार बस र ट्रयाक्टर एक आपसमा ठोक्किदा ११ जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको छ । नुवाकोटको बट्टारबाट खड्गभन्ज्याङ्ग गाविसको भन्ज्याङतर्फ जाँदै गरेको ना ३ ख ६८ नम्बरको यात्रुबस र विपरीत दिशाबाट आइरहेको ग १ त १०७८ नम्बरको ट्रयाक्टर चारघरे गाविस वडा नं. २ मान्दे्रढुंगामा अपरान्ह एकआपसमा टोकिँदा ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घाइते मध्ये खड्गभन्ज्याङ्ग गाविस वडा नं. ६ की ३० वर्षीया कुमारी खड्का गम्भीर घाइते भएकी छिन् ।
उनको संगमचोस्थित पञ्चकन्या सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घटनामा खड्गभन्ज्याङ्ग गाविस वडा नं. २ का ५० वर्षीय चन्द्रबहादुर खड्का, ५४ वर्षीय बाबुराम दर्जी, ४५ वर्षीया मन्जु दर्जी, सोही गाविस वडा नं. ७ का ४१ वर्षीय बद्री सिलवाल, वडा नं. ६ का २१ वर्षीय सुमन पन्त, सो स्थानकी २४ वर्षीय सम्झना पन्त, विदुर नगरपालिका वडा नं. १ सिमुटारकी निर्मला महरा, देउराली गाविस वडा नं. ९ की ५० वर्षीया मिठु विक र धादिङ्ग भूमेस्थान गाविस वडा नं. ६ की ३० वर्षीया गोमा बस्नेत रहेको प्रहरीले जनाएको छ । घटनापछि घाइतेहरुको स्थानीयवासी, प्रहरी तथा सेनाले उद्धार गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को टोलीले वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी

काठमाडौँ । नेपालमा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रचण्ड नेपाल नेकपाको संसदीय दलको अनौपचारिक बैठक बसेको छ । सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको ओली समूहको स्थायी समिति बैठक सकिएको छ। बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्दै अदालतले