दलहरुलाई मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको निम्तो

२५ बैशाख २०७०, बुधबार ०१:३० मा प्रकाशित

काठमाडौ, २४ बैशाख (रासस)। मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले यही वैशाख २७ गते बिहान ९ बजे राष्ट्रिय योजना आयोगको सभाकक्षमा निकट भविष्यमा हुने संविधान सभा निर्वाचन तथा सम्बद्ध अन्य विषयमा छलफल-परामर्श गर्न राजनीतिक दलका प्रमुख पदाधिकारी र प्रत्येक दलका एकजना प्रतिनिधिसमेतलाई आमन्त्रण गरेका छन् । सो आमन्त्रणपत्र सम्बन्धित दलको कार्यालयको ठेगानामा पठाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । सो छलफलमा राजनीतिक दलका अध्यक्ष/प्रमुख वा पदाधिकारीसहित बढीमा दुईजनाको उपस्थितिका लागि अनुरोध गरिएको छ । कुनै राजनीतिक दललाई सूचना नपुगेको भए यसै विज्ञप्तिलाई स्वीकार गरी उपस्थित हुन सम्पूर्ण राजनीतिक दलहरुलाई अनुरोध गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता महेन्द्रकुमार थापाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा