लोकमानको नाम पुनर्विचार गर्न राष्ट्रपतिको आग्रह, काँग्रेस पनि नाम फिर्ता लिने पक्षमा

२५ बैशाख २०७०, बुधबार ०१:२९ मा प्रकाशित

काठमाडौ, २४ बैशाख । राष्ट्रपति रामवरण यादवले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्कीको गरिएको नाम सिफारिश पुनर्विचार गर्न आग्रह गरेका छन् । यता मंगलबार राति मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको निवास बालुवाटारमा बसेको चारदलीय संयन्त्रको बैठकमा कांग्रेस सभापति सुशील कोइरालाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्कीको नाम फिर्ता लिने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्कीको नाम फिर्ता लिने बिषयमा एमाले र कांग्रेस एकमत भएको उक्त बैठकमा माओवादी र मधेसवादी दलले कार्कीको विकल्प नभएको बताएका थिए । नेपाली कांग्रेस औपचारिक रूपमै लोकमानसिंह कार्कीको सिफारिश बदर गराउन पक्षमा उभिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

यांगुन । म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ ।

काठमाडौ । संघीय संसद सचिवालयले प्रतिनिधि सभा बैठक सञ्चालनको तयारी गरेको छ । मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते प्रतिनिधि सभा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले