ड्यास माओवादीसँग हतियार छैन : बादल

२४ बैशाख २०७०, मंगलवार ०२:३६ मा प्रकाशित

काठमाडौ, २३ बैशाख । ड्यास माओवादीका महासचिव रामबहादुर थापा बादलले आफ्नो पार्टीसँग अझै पनि हतियार रहेको भनी गरिएको प्रचारमा सत्यता नभएको भन्दै आफूहरूसँग कुनै पनि हतियार नभएको बताएका छन् । ड्यास माओवादीका महासचिव थापाले आज प्रेस विज्ञप्ति प्रकाशन गरी आफ्नो पार्टीका नेताको सुरक्षाका लागि भनेर लिएका हतियार आफूहरूसँग नभएको बताएका हुन्। सरकारले यही वैशाख मसान्तभित्र नेकपा–माओवादीसँग रहेका हतियार फिर्ता गर्न यसअघि नै निर्देशन दिएको थियो । अनमिनले प्रमाणीकरण गरेका २७ थान हतियार माओवादीसँग रहेको सरकारको भनाइ छ । महासचिव थापाले विज्ञप्तिमा पार्टी एउटै हुँदाका बखत हतियारको मुख्य जिम्मेवार तत्कालीन नेतृत्व नै हुने स्पष्ट पारेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा