लोकमानको सिफारिस अनुमोदन नगर्न राष्ट्रपतिलाई एमालेको आग्रह

२४ बैशाख २०७०, मंगलवार ०२:३२ मा प्रकाशित

काठमाडौ, २३ बैशाख । लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्तिका लागि संवैधानिक परिषद्ले सिफारिस गरेपछि नेकपा एमालेले अनुमोदन नगर्न राष्ट्रपतिलाई आग्रह गरेको छ । सिफारिस अनुमोदन नगर्न आग्रह गर्दै एमालेले राष्ट्रपति डा. रामवरण यादवलाई असहमतिपत्र बुझाएको छ । असहमतिपत्र बुझाउन महासचिव ईंश्वर पोख्रेलको नेतृत्वको टाली राष्ट्रपति कार्यालय शीतलनिवास पुगेको थियो । उच्चस्तरीय राजनीतिक समितिबाट कार्कीको नाम प्रस्ताव गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अख्यितार जस्तो महत्वपूर्ण र संवेदनशील संस्थामा विवादास्पद छवि भएका व्यक्ति उपयुक्त नहुने भएकोले पुनर्विचार गर्न माग गर्दै एमालेले राष्ट्रपतिलाई असहमति पत्र बुझाएको छ । राष्ट्रपतिले जनभावनाअनुसार आफूले कदम चाल्ने आश्वासन दिनुभएको सन्चारकर्मीलाई महासचिव पोख्रेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै छन् । पुलको शिलन्यास र चीन नेपाल मैत्रिपूर्ण औधोगिक

राष्ट्रिय दलित पत्रकार सङ्घको प्रथम महाधिवेशन यही फागुन २८ र २९ गते रुपन्देहीको बुटवलमा हुने भएको छ । देशभर विभिन्न

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा एक

काठमाडौँ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने भएको छ । यसका लागि सम्बन्धीत