नेपालको ऐतिहासिक बिजय, युगान्डालाई हराउदै नेपाल डिभिजन तीन च्याम्पियन

२३ बैशाख २०७०, सोमबार ०६:२८ मा प्रकाशित

काठमाडौं, २३ वैशाख, एजेन्सी । बर्मुडामा जारी डिभिजन तीन क्रिकेट प्रतियोगीतामा आइतबार प्राप्त गरेको ऐतिहासिक बिजय संगै नेपाली क्रिकेट खेलाडीहरुले अर्को महत्वपुर्ण सफलता प्राप्त गरेका छन् । युगान्डा र अमेरिकासँगको यस अघिको दुई खेलमा लगातार पराजय बेहोरेको नेपाली समुहले पछिल्ला ३ खेलमा आश्चर्य चकित खेल खेल्दै आयोजक राष्ट्र बर्मुडा, ओमान र इटालीलाई पराजित गरेर डीभजन २ मा प्रवेश गरेको थियो । आइतबार भएको फाइनल खेलमा नेपालले युगान्डालाई ५ विकेटले पराजित गरेर आफ्नो बिजय सुनिश्चित गरेको थियो । युगान्डाले बनाएको १ सय ५२ रनको जवाफ नेपालले ३९.२ ओभरमा ५ विकेट बाँकी छँदै दिएको थियो। अब नेपालले १० टोली समावेश विश्वकप क्लालिफायर खेल्नेछ। प्रतियोगितामा नेपालसँगै अफगानिस्तान, क्यानाडा, केन्या, स्कटल्यान्ड युगान्डा, हङकङ, पपुवा न्युगिनी, युएई र नामिबिया छन् । यो प्रतियोगिताको शीर्ष दुई टिमले विश्वकप क्रिकेट खेल्नेछन् भने त्यसपछिका दुई टिमले चार वर्षसम्म एक दिवसीय क्रिकेटको मान्यता पाउनेछन् । आइतबार राति उपाधिका लागि भएको खेलमा युगान्डाले दिएको १ सय ५२ रनको लक्ष्य नेपालले ३९.२ ओभरमा ५ विकेट गुमाउदै पुरा गरेको हो । नेपालका लागि प्रदिप ऐरी ६०, सरद भेसवाकर ५० ,विनोद भण्लेडारी ५, पृथु बाँस्कोटाले १९ पारस खड्का १, ज्ञानेन्द्र मल्ल ५, सुबास खकुरेल ४ रन बनाएर आउट भएका थिए । सरद र पृथु अभिजित रहे । कमजोर सुरुआत गरेको नेपालले मध्यक्रमका व्याट्समेन चम्कदा ३९.२ओभरमै ऐतिहासिक सफलता हात पारेको हो । यसअघि विश्व क्रिकेट लिग डिभिजन ३ मा समूह चरणको अन्तिम दिनको रोमाञ्चक खेलमा नेपाल डिभिजन २ मा उक्लँदै एकदिवसीय विश्वकप छनोटमा प्रवेश गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता बढाइरहेको छ । पछिल्लो मत परिणामअनुसार पाँच महानगरमा गठबन्धनको अग्रता छ भने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई झन फराकिलो बनाउँदै लगेका छन् । २३ हजार २२३

झापा । झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । १-० ले पछि परेको स्थितिमा साउथह्याम्पटनविरुद्द २-१ को जित निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिगको उपाधि होडमा पुनः फर्किएको छ