न्युयोर्कबाट खसोखास दैनिक, साप्ताहिक र वेबपत्रिकाको उद्घाटन

२३ बैशाख २०७०, सोमबार ०५:५९ मा प्रकाशित

न्युयोर्क । अमेरिकाको न्युयोर्कबाट सुरु गरिएको खसोखास दैनिक, खसोखास साप्ताहिक र खसोखास वेबपत्रिकाको विश्व प्रेस स्वतन्त्रता दिवशको अवशरमा संयुक्त राष्ट्रसंघका लागि नेपाल मिसनको कार्यालय न्युयोर्ककी कार्यवाहक स्थायी प्रतिनिधि सेवा लम्सालले उद्घाटन गर्नुभयो । न्युयोर्कको ज्याक्सनहाइटमा रहेको हिमालयन याक रेष्टुरेन्टमा आयोजित कार्यक्रममा खसोखास दैनिक, साप्ताहिक र वेबपत्रिकाको उद्घाटन गरिएको हो । शुक्रबारदेखि नै यसअगाडि ह्वाइटहिमाल साप्ताहिकका नामबाट प्रकाशित पत्रिकाको नाम परिवर्तन गरिएको खसोखास साप्ताहिकका नामबाट प्रकाशन आरम्भ गरिएको छ । लुम्बिनी इन्टरनेशनल इन्कले यसको प्रकाशन गरिरहेको छ । खसोखासको उद्घाटन गर्दै प्रमुख अतिथि लम्सालले खसोखासलाई सफलताको शुभकामना दिनुभयो ।

प्रेस स्वतन्त्रताको आन्दोलनमा र पत्रकारिता गर्दा गर्दै विभिन्न कारणले ज्यान गुमाउने पत्रकारहरुप्रति श्रद्धा व्यक्त गर्दै एकमिनेट मौनधारणबाट कार्यक्रमको सुरुवात गरिएको थियो । कार्यक्रममा उपस्थीत न्युयोर्कका नेपालीहरुलाई स्वागत गर्दै खसोखासका प्रबन्ध निर्देशक विश्व शाहले आफूहरुको नौलो प्रयासमा साथ दिन सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा संचारकर्मी आशिष लुइटेलले पछिल्लो पुस्ता, नेपाली प्रत्रकारितामा प्रविधि र प्रविधि पत्रकारिताबारे बोल्दै पत्रिकालाई शुभकामना दिनुभयो । कार्यक्रममा न्युयोर्कका नेपाली समुदायका तर्फबाट डाक्टर तारा निरौलाले शुभकामना मन्तब्य दिनुभयो । त्यस्तै नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष आङछिरिङ शेर्पाले विश्व प्रेस स्वतन्त्रता दिवशको बारेमा चर्चा गर्दै खसोखासलाई सफलताको शुभकामना दिनुभयो । कार्यक्रममा अधिकारकी नर्बदा क्षेत्रीले पनि खसोखासलाई शुभकामना दिनुभयो । त्यस्तै संचारकर्मी सूर्य थापाले खसोखासको नया“ प्रयासको प्रशंसा गर्दै शुभकामना दिनुभयो ।
कार्यक्रममा खसोखासलाई विभिन्न राजनीतिक दलका नेता, अमेरिकामा रहेका नेपाली कुटनीतिक नियोग, अमेरिकी सरकारको विदेश मन्त्रालय अन्तरगत वैदेशिक संचार केन्द्र, नेपालमा रहेको अमेरिकी दूतावास, पत्रकार लगायतबाट खसोखासलाई प्राप्त शुभकामनाहरु खसोखासका सहसम्पादक सुरेश शाहीले वाचन गर्नुभयो । कार्यक्रममा खसोखासका प्रधानसम्पादक किशोर पन्थीले खसोखासको क्षेत्र, महत्व र योजना लगायतका विषयमा बोल्नुभएको थियो ।

कार्यक्रममा खसोखासकी मार्केटिङ अफिसर कृष्णा गौतमले विज्ञापनदाताहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोग र सद्भावका लागि आग्रह गर्नुभयो । कार्यक्रममा कलाकार तिलक श्रेष्ठले राष्ट्रिय गित प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम खसोखासका सल्लाहकार एवं रिजउड नेपाली समाज न्युयोर्कका अध्यक्ष श्री पराजुलीलको सभापतित्व र संचारकर्मी शैलेश श्रेष्ठले संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत