ओमानमा दुई नेपालीको दुर्घटनामा परी मृत्यू

२३ बैशाख २०७०, सोमबार ००:३२ मा प्रकाशित

शालिक राम आचार्य, ओमान । बैदेशिक रोजगारीका लागी खाडी मुलुक ओमानको बाउसर प्रान्तमा घरेलु कामदार हेतु ओमान पुगेकी प्रमिला माझीको गत शुक्रवार २० बैशाख २०७० का दिन अल हेल एरियामा शडक दुर्घटनामा परी असामाहिक मृत्यु भएको छ।

सुनसरी, धरानकी ३५ बर्षीया प्रमिला माझीको दुर्घटना स्थानमा नै ज्यान गईसकेको प्रतक्षर्दशीको भनाई रहेको थियो। उनको दिवंगत शव परिक्षण तथा कानुनी प्रक्रिया पुरा भएपछि चाँडो भन्दा चाँडो नेपाल फर्काउने प्रक्रिया पुरा गर्ने जानकारी साउदी दुतावासका लागी ओमान प्रतिनिधी दीपक श्रेष्ठले दिएका छन।

प्रमिला माझी ५ माघ २०६९ का दिन बैदेशिक रोजगारीका लागी खाडी मुलुक ओमानमा घरेलु कामका लागी पुगेकी हुन उनको शव नेपाल पठाउने सम्पूर्ण प्रक्रियामा स्पोन्सर पनि सक्रिय रहेको छ। माझी परीवारमा भएको दुखको घडीमा ओमानका प्रवाशी नेपालीहरुले शोक परीवारमा सम्वेदना तथा मृतकलाई श्रदाञ्जली व्यक्त गरेका छन।

यसै गरी आमोनको राजधानी मस्कट देखी २०० सय की.मी. टाडा रहेको सोहार प्रान्तमा सुर्दशन कंडेल राहदानी संख्या ३५७४१४४३ को गत बैशाख १४ गते २०७० का दिन दिनको २:१५ बजे शडक दुर्घटनामा परी असामाहिक मृत्यु भएको छ। साउदि अरव स्थीत अनाविब कम्पनीमा काम गर्दै आएका सुर्दशन ओमानको भबन ईन्जिनियरिङ कम्पनीमा बिशेष कार्यका लागी सोहार आएका थिए।

स्मरण रहोस अनाविब कम्पनी तथा ओमानको भबन ईन्जिनियरिङ कम्पनी सहकार्यमा छन सुर्दशन कंडेलको दिवंगत शव स्वदेश फर्काउनका लागी कम्पनीले साउदी दुतावासलाई निवेदन दिएको छ। सडक दुर्घटनामा कसरी परेका हुन दुबै घटनाको बिवरण आउन बाँकी छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर