डिसी पासपोर्ट डे भव्यताका साथ सम्पन्न

२२ बैशाख २०७०, आईतवार २१:१९ मा प्रकाशित

विजय थापा, अमेरिका ,वाशिंगटन डिसी । यस बर्षको डिसी पासपोर्ट डे अमेरिकाको राजधानी वाशिंगटन डिसीस्थित नेपाली दुताबाशको नेतृत्वमा सम्पन्न भएको छ । डिसी पासपोर्ट डेको आयोजना सांस्कृतिक पर्यटन डिसी नामक गैर मुनाफा संस्थाको आयोजनामा गरिएको थियो । यस बर्षको डिसी पासपोर्ट डे पर्यटन तथा डिसी क्षेत्रमा बसोबास गरि रहेका स्थानीय समुदायलाई बिभिन्न राष्ट्रहरुका संस्कृति तथा परम्परालाई सम्बर्धन तथा प्रवर्धन गर्नु रहेको थियो । उत्सव कार्यक्रम बिहान १० बजे देखि बेलुका ६ बजे सम्म राखिएको थियो भने स्थानीय तथा वर परका समुदायको व्यापक घुईचो रहेको थियो । डिसी नेपाली दूताबासले यो कार्यक्रममा निरन्तररुपमा मनाउदै आई रहेको छ । वाशिंगटन डिसी स्थित अमेरिकाको जेष्ठ संस्था अमेरिका नेपाल सोसाईटीका पुर्व अधक्ष्य खेम भट्टचनले निरन्तर आफु सहभागी हुदै आएको र करिब ८० राष्ट्रका पर्यटकहरु उत्सवमा भाग लिएको जानकारी दिए ।

पासपोर्ट डिसी उत्सवमा सहभागी हुन् आएका संचार कर्मी ,पर्यटक ,समाज सेवी ,बिभिन्न संघ तथा संस्थाका प्रतिनिधि ,ब्यबसायी, स्थानीयबासी तथा बिभिन्न राष्ट्रहरुका पर्यटकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । नेपाली दूताबासमा आफ्नो मुलुकको संस्कृति ,कला ,तथा परम्परालाई प्रबर्धन गर्ने हेतुले महामहिम राजदूतको निवासमा ब्यबसायीहरुले आफ्ना सामाग्रीहरुको प्रदर्शन गरेका थिए र आएका पर्यटकहरुले रुचि पुर्वक अवलोकन गर्दै खरिद पनि गरेका थिए ।

अमेरिकाका लागि नेपाली महामहिम राजूदूत डा शंकर प्रसाद शर्माले खुला पासपोर्ट डिसी उत्सव कार्यक्रममा करिब ३० हजार दर्शकहरुको सहभागी रहेको भन्दै नेपाल दूताबासमा हजारौको संख्यामा पर्यटकको भ्रमण रहेको जानकारी गराउनु भयो । यसले नेपालको पर्यटन ,कला र संस्कृतिको प्रबर्धनमा ठुलो सहयोग हुने कुरामा बिस्वस्त रहेको जानकारी गराउदै यसलाई संस्थागत गराउन हर सम्भव कोसिस गरिएको जानकारी दिनु भयो । दूताबासले पर्यटकहरुले नेपालबारे जानकारी लिन पाउन भनि छुट्टै प्रदर्शन कक्ष राखी प्रचार तथा प्रसार सामग्री राखिएको थियो । नेपाली दूताबासमा आएका स्थानीय बासी तथा पर्यटनहरुलाई नेपालको खानाका परिकारमा अन्य परिकार रहेता पनि बिसेष आलु तामाको तरकारी निकै प्रशंसा पाएको थियो । पर्यटकहरुले नेपालको बारेमा जान्न पाएकोमा गर्व व्यक्त गरे भने प्रदर्शनमा राखिएको मुर्ति ,हस्तकलाका सामग्रीले मन छुएको भन्दै नेपाल कला र संस्कृतिमा धनि रहेछ भनि उत्साहपूर्वक जवाफ दिए । डिसी नेपाल डटका प्रमुख तथा संचालक रामहरी सुबेदीले यस्तो कार्यक्रमले नेपालको चिनारी गराउने छ भन्दै आफु निरन्तर यसमा सहभागी भएको जनाए । दूताबासका उप नियोग प्रमुख अर्जुन कान्त मैनाली , जीत बहादुर कार्की र डिग बहादुर तामांगले पनि हर्ष व्यक्त गर्दै नेपालको पहिचान हुने जानकारी दिदै सबैको सहयोग रहेकोमा कृतज्ञता गरेका छन । घर ए कवाफका संचालक लोकनाथ तिवारीले नेपाली दूताबाससंग साझेदारीमा धेरै पटक कार्य गरेको भन्दै मातृभूमि नेपालको पहिचानको लागि आफु लागि रहने जानकारी गराए ।

नेपालको ईतिहास मै मुलुक बाहिर स्थापना भएको पहिलो प्रशारण (ब्रोड कास्ट) टेलीभिजन (दूरदर्शन) सगरमाथा टिवी यु एस ए का प्रमुख संचालक तथा संस्थापक राम खरेलले नेपालको प्रबर्धन सम्बन्धि वृत चित्र श्रब्य दृश्य (भिडियो )दिन भरि पर्दर्शनमा राखिएको जानकारी दिए भने अधिकांसले अभिरुचि पुर्वक अवलोकन गरेका थिए । संचारकर्मी बिनय अर्यालले पनि कार्यक्रमको बिशेस महत्व रहेकोले आफु सहभागी भएको जानकारी दिएका छन् भने कलाकार संजिव प्रधानले आफु कलाकार मात्र नभएर एक ब्यबसायी भएकोले नेपालको संस्कृति तथा कलालाई प्रबर्धन गर्नु हामी सबैको दायित्व हो भने । अमेरिका नेपाल स्वास्थ्य परिचारिका संघकि अधक्ष्य मंजु संग्रौलाले आफ्नो देश कला र संस्कृतिमा धनि रहेको र यो कार्यक्रम मार्फत नेपाललाई बिश्वले चिन्ने छ भनि जानकारी गराईन ।

प्रतिक्रिया
सम्बन्धित खवर

भियना ।नेपाली साहित्यकार समूहले बिश्वभरका नेपालीभाषी साहित्यकारहरूलाई जोडेर रचना वाचन तथा सरस्वति सम्मान कार्यक्रम सम्पन्न ग-यो। जुम प्रविधिको प्रयोग गरेर

पोर्चुगल । शम्भु सिलवाल छ वर्षयता पोर्चुगलमा हुनुहुन्छ । नेपालमा झ्याइँकुटी झ्याई टेलिशृङ्खलामा घिन्ताङे पात्रसँगै दोहोरी साँझ, भजन, लोकदोहोरी क्षेत्रमा

लन्डन । कोरोना सङ्क्रमणबाट अस्पताल भर्ना भएका एक नेपालीको उपचारकै क्रममा मस्तिष्काघातबाट मृत्यु भएको छ । ताप्लेजुङ जिल्ला सिकैँचामा स्थायी

कोरियामा काम गर्दै बचेको समयमा साहित्य सिर्जनामा रमाउने कवि सुष्मा रानाहँमाको नयाँ कविता कृति आमाको तासफोटो र दीपा मेवाहाङ राईको