प्रवासी नेपाली संघ भारतको १० औं सम्मेलन सम्पन्न

२२ बैशाख २०७०, आईतवार २०:५४ मा प्रकाशित

दिल्ली, भारत । प्रवासी नेपाली आन्दोलनको अभिभावक संगठन प्रवासी नेपाली संघ भारत, दिल्ली राज्यले संघको ४७ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरेको छ । ४-५ मई २०१३ का दिन आयोजित सम्मेलन सम्पन्न भएको छ ।  प्रवासी नेपाली आन्दोलनका नेता, प्रवासी नेपाली संघ भारतका केन्द्रीय अध्यक्ष एवं सम्मेलनका प्रमुख अतिथि लोकनाथ भण्डारीले बिभिन्न १० वटा दीप प्रज्ज्वलित गरेर सम्मेलनको समुद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहका प्रमुख अतिथि र यहाँ सहभागी अतिथिहरू संघका पूर्व वरिष्ट उपाध्यक्ष टेकबहादुर केसी, उपाध्यक्ष मीना बुढा मगर, महासचिव युवराज बास्कोटा, केन्द्रीय सदस्य गोपाल थापा, मूलप्रवाह अखिल भारत प्रवासी नेपाली संघ भारतका नेता ठाकुर खनाल, संघको छिमेकी राज्य हरियाणा-राजस्थान संयुक्त राज्यका अध्यक्ष मोहन थापा, संघका दिल्ली राज्यका पूर्व सचिव शिरबहादुर कुँवरलगायतले आफ्ना सारगर्भित मन्तव्यका क्रममा बदलिँदो परिस्थितिमा प्रवासी नेपाली आन्दोलनको बढ्दो हस्तक्षेपकारी भूमिकाबारे प्रकाश पार्दै यस सम्मेलनको भव्य सफलताको शुभकामना राख्नुभएको थियो ।  सम्मेलनको यो सत्र एकनारायण ढकालको अध्यक्षता, सूर्यप्रसाद बस्यालको उद्घोषण र बिमलराज पौडेलको स्वागत मन्तव्यबाट आरम्भ भएको थियो । सम्मेलनको प्रतिनिधि सत्रमा प्रस्तुत सांगठनिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदनउपर अध्ययनमनन, छलफल र बहसपौरवी गर्दै आगामी दिनका लागि प्रस्तावित केही विषयवस्तुहरूसहित रामप्रसाद न्यौपानेको नेतृत्वमा २३ सदस्यीय पदाधिकारीको सर्वसम्मत लोकतान्त्रिक विधि अवलम्बन गर्दै नेतृत्व चयन गरेको छ ।
पदाधिकारीमा क्रमशः डीबी थापा, बालुराम भण्डारी, बिमलराज पौडेल, ईश्वरी भण्डारी, वीरबहादुर गजमेर, राजु न्यौपाने, काशिनाथ न्यौपाने, गुमबहादुर थापा, कुलबहादुर धमेल, तुलबहादुर राना, ममता विश्वकर्मा, सविता थापा, मीना भुसाल, नन्दु उपाध्याय, तिलबहादुर थापा, नन्दु भुसाल, चित्रबहादुर कार्की, खिमानन्द पाण्डे, जुद्धबहादुर जीटी, एनबी थापा खिमानन्द भुसाल हुनुहुन्छ भने यसको सल्लाहकार समितिको रूपमा क्रमशः टीकाराम पोखरेल, सूर्यप्रसाद बस्याल, पेज थापा, दमन धामी, शिवप्रसाद कोइराला, एनबी थापा र रेशम शाह रहनुभएको छ । सम्मेलनले संविधानसभाको बलात् अवशानप्रति दुःख एवं खेद व्यक्त गर्दै अब दोस्रोपटक हुने भनिएको संविधानसभा निर्वाचनका लागि प्रवासी नेपाली समुदायलाई थयोचित स्थान दिन, प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिक दल र दलीय संयन्त्रमार्फत सरकारसमक्ष माग गर्दै निर्वाचन तयारीकै सन्दर्भमा जारी मतदाता नामावली अद्यावधिक गर्ने सिलसिला अघिबढेको बेला देशबाहिर रहेका कुनै पनि प्रवासी नेपाली नछुट्न र नदोहोरिन आम प्रवासी नेपाली समुदायमाझ हार्दिक अपील गरेको छ । आवाज—जावतका क्रममा हुने हिंसाजन्य एवं आपराधिक गतिविधि तत्काल रोक्न माग गर्दै संघको केन्द्रीय समितिले अघिसारेका कार्ययोजनाहरूलाई तदनुकूल आफ्नो क्षेत्रमा लागू गर्न, नेपाली राजदूताबासमार्फत प्रवासी नेपालीहरूको जन्म, विवाह र मृत्युदर्ताको प्रावधान मिलाउन र यही सरकारी संयन्त्रलाई प्रयोग गरेर मतदाता नामावली संकलन र मतदानको प्रावधान मिलाउन सरकारसमक्ष माग गर्दै प्रवासी नेपाली समुदायको सेवा सुविधालाई ध्यानमा राखेर नेपाल सरकार र भारत सरकारले बैंकिग, सिमासम्म रेल्वे यात्रा बिस्तार, टेलिफोन महशुल कम गराउन गरेको प्रयासको स्वागत गरेको छ ।
सम्मेलनका चरणबद्ध बिभिन्न कार्यक्रम र खासगरी घोषणासँगै आयोजित साँस्कृतिक सन्ध्यामा साँस्कृतिक कलाकर्मीले सबैको मन जित्ने बिभिन्न लोकलय र भावशैलीका मनमोहक साँस्कृतिक प्रस्तुतिहरू राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत