नेपाली मूलका अमेरिकन पत्रकारहरुको बाल्टिमोर भेला सम्पन्न

२२ बैशाख २०७०, आईतवार १७:१० मा प्रकाशित

पुरुषोत्तम ढकाल, बाल्टिमोर, २२ वैशाख । नेपाली मूलका अमेरिकन पत्रकारहरुको सातौ बार्षिक साधारण सभा बाल्टिमोरमा सम्पन्न भएको छ । अग्रज पत्रकार योगेश उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न नेपाल अमेरिका पत्रकार संघको सातौ बार्षिक साधारण सभामा सोसाइटी अफ प्रोफेसनल जर्नालिस्टका कार्यकारी निर्देशक जोए स्केल र काँग्रेस नेता अर्जुन नरसिंह केसी बिशिष्ठ अतिथिको रुपमा सहभागी रहदै सुभकामना ब्यक्त गर्नु भएको थियो ।

अमेरिकामा बस्ने नेपाली मूलका अमेरिकन पत्रकाहरुको उल्लेख्य सहभगिता रहेको नेपाल अमेरिका पत्रकार संघको सातौ बार्षिक साधारण सभाले नेजाको बिधान संसोधन, पत्रकारहरुको अन्तराष्ट्रिय संस्था सोसाइटी अफ प्रोफेसनल, जर्नालिस्ट, आइएफजे, फ्रीडम फोरम संग आबद्दता जनाउने बिषयमा छल फल भएको थियो । सम्मलेन आयोजक समितिका संयोजक गौतम दाहालको स्वागत मन्तब्य, महासचिब किशोर पन्थीको संचालन, उपसभापति पुरुषोत्तम ढकालको धन्यवाद र अध्यक्ष अंग छिरिङ्ग शेर्पाको सभापतित्वमा सम्पन सातौ बार्षिक साधारण सभाले नेपालमा कार्यरत पत्रकारहरुको वृत्ति बिकाश, जोखिममा परेका नेपाली पत्रकारहरुलाई सहयोग गर्न स्थापित नेजाको अक्षय कोष, अमेरिकामा बस्ने पत्रकारहरुको वृत्ति बिकाशको लागि पत्रकारहरुको अन्तराष्ट्रिय संस्था सोसाइटी अफ प्रोफेसनल, जर्नालिस्ट, आइएफजे, फ्रीडम फोरम संग आबद्दता जनाउदै तालिम, सेमिनार र गोष्ठी संचालन गर्ने निधो गरेको छ ।

सातौ बार्षिक साधारण सभामा नेजाको मुखपत्र प्रयाश बिमोचन गरिएको थियो भने नेपाली मूलका अमेरिकन ब्यापारी उद्योगपतिहरुको तर्फबाट कार्यबाहक अध्यक्ष सानुबाबु सिलवालले अमेरिकन मूल्य र मान्यता अनुसार नेपाली मूलका पत्रकारहरु क्रियाशील हुनु पर्ने कुरामा जोड दिनुभएको थियो । सोसाइटी अफ प्रोफेसनल जर्नालिस्टका कार्यकारी निर्देशक जोए स्केलले नेपाली मूलका अमेरिकन पत्रकारहरुको क्षमात बिकाशको लागि एसपिजेले तालिम प्रदान गर्न र नेजालाई एसपिजेको च्याप्टरको मान्यता दिन उत्सुक रहेको बताउनु भएको थियो । साधारण सभाले महासचिब किशोर पन्थीको संगठनिक प्रतिबेदन अनुमोदन गर्नुको साथै आगामी दिनका लागि कार्य योजना समेत तय गरेको छ । दर्जनौ नेपाली मूलका अमेरिकी सामाजिक संघ संस्थाले सुभकामना ब्यक्त गरेको नेपाल अमेरिका पत्रकार संघको सातौ बार्षिक साधारण सभामा आगामी बर्षको विश्व प्रेस स्वतन्त्रता दिवशको दिन अधिबेशन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबारको दिन सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद