एमाओवादीविरुद्ध निस्कियो ओलीको यस्तो बोली

२२ बैशाख २०७०, आईतवार १३:०६ मा प्रकाशित

काठमाडौं, २२ वैशाख । नेकपा एमालेका प्रभावशाली नेता केपी ओलीले जनयुद्धको नाममा स्थापित सबैका मुक्तिदाता ‘प्रचण्डपथ’ को सिद्धान्तसँगै माओवादी असफल भइसकेको दाबी गरेका छन् । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालप्रति व्यङ्ग्य गर्दै नेता ओलीले अतिवादी, उग्रपन्थी, वितण्डाकारी, हिंसावादी, उरन्ठयौलो, एकदलीय, एकाधिकारवादी भएको आरोप लगाए । नेकपा एमाले भोजपुरको सातौं जिल्ला अधिवेशन उदघाटन गर्दै आइतबार उनले संविधानसभा निर्वाचनको गलत परिणाम आएकोले संविधान नबनेको टिप्पणी गरे ।
गएको संविधानसभामा कुनै पनि राजनीतिक शक्तिले दुई तिहाई बहुमत नल्याएकाले संविधान बन्न नसकेको उल्लेख गर्दै एमाओवादीप्रति व्याङ्ग्य कसेका ओलीले भने, ‘माओवादीले संविधान बनाउनु बाँदरको खेतालाले कुन्यु ठडयाउनु जस्तै भयो ।’ माओवादीले क्रान्तिको नाममा जनतालाई धेरै दुःख दिएको पनि उनले स्मरण गरे । जनताको घरजग्गा कब्जा गर्ने, अर्काको सम्पति लुटने, मन नपरेकालाई ढुङ्गाले किच्याउने, कुटने, यातना दिने, मार्ने, धम्की दिने, युवाहरुलाई नकारात्मक क्रियाकलापतीर उक्साउने, अपराधिक गतिविधि गर्न लगाउने, तस्करी गर्ने, सत्तामा बसेर नातावाद, कृपावाद, भ्रष्टाचार, अनियमितता गरेका माओवादी जनताको सेवा आफूहरुले मात्र गर्न सक्छौँ भन्दै आउनु हास्यास्पद भएको तर्क ओलीको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै छन् । पुलको शिलन्यास र चीन नेपाल मैत्रिपूर्ण औधोगिक

राष्ट्रिय दलित पत्रकार सङ्घको प्रथम महाधिवेशन यही फागुन २८ र २९ गते रुपन्देहीको बुटवलमा हुने भएको छ । देशभर विभिन्न

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा एक

काठमाडौँ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने भएको छ । यसका लागि सम्बन्धीत