नेताहरुलाई बुद्ध नेपालमै जन्मिएको बोल्न लगाइने

२२ बैशाख २०७०, आईतवार ०९:५७ मा प्रकाशित

काठमाडौं, २२ वैशाख । बुद्ध भारतमा जन्मिएको भनेर झूटो प्रचार भइरहेको भन्दै धर्मोदय सभा नामक संस्थाले गौतम बुद्ध नेपालमा जन्मेको प्रमाण तथा दस्तावेजहरू सार्वजनिक गर्ने भएको छ । यही वैशाखको आगामी २७ गते कपिलवस्तुको तिलौराकोट र लुम्बिनीबारे ऐतिहासिक दस्तावेज सार्वजनिक गरिने थेरवादी, महायानी र बज्रयानीहरूको संयुक्त संस्था धर्मोदय सभाले जानकारी दिएको हो । 
सभाका महासचिव त्रिरत्न शाक्यले अहिलेसम्म पनि बुद्ध भारतमा जन्मेको भन्ने प्रचार हुनु दुखद रहेको उल्लेख गर्दै गौतम बुद्ध नेपालमा जन्मेको तथ्यगत प्रमाण तथा दस्तावेजहरू सार्वजनिक गरिँदै लगिने बताए । गलत प्रचारका विरुद्ध आफूहरुले ऐतिहासिक प्रमाण जुटाउँदै जाने र बुद्ध नेपालमा जन्मेको बारे प्रचारमा जुटिरहने प्रतिवद्धता मानन्धरले जनाए । विभिन्न तथ्यका आधारमा बुद्ध नेपालमा जन्मेको देखिए पनि सरकारले यसबारे ठोस कदम नचालेकोमा आफूहरू दुःखी भएको उल्लेख गर्दै विभिन्न राजनीतिक दलका नेताहरूलाई पनि बोलाएर आफ्नो अभियानमा बोल्न लगाउने नीति अपनाउन लागिएको मानन्धरले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन्द्र शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालय

यातायात व्यवस्था विभागले जेठ ४ गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै

काठमाडौं ।स्थानीय तह निर्वाचनको मतगणनाको नजिता आउने क्रम चलिरहेको छ। अहिलेसम्म देशभरका चार सय ४ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक