आमाको शोक मनाउन माइत गएकी चेलीको भीरबाट लडेर मृत्यु

२२ बैशाख २०७०, आईतवार ०९:४१ मा प्रकाशित

काठमाडौं, २२ वैशाख । आमाको मृत्यूमा शोकविह्वल भई माइत पुगेकी एक चेलीको भिरबाट लडेर मृत्यू भएको छ । पुर्कोट दह गुल्मीका सुरेश परियारकी २९ वर्षिया श्रीमती सरिताको लडेर मृत्यु भएको हो । आमाको १३ औं दिनको पुण्य तिथिको लागि माईत गएकी उनको शौच गएको बेलामा मरभुङ–३ सिङ्लीकोटको भिरबाट लडेर मृत्यु भएको स्थानिय हरि नेपालीले जानकारी दिए ।
यसैबीच वीरगञ्जबाट छल लोड गरी काठमाडौंतर्फ आउँदै गरेको ना.४ ख १७२४ नम्वरको ट्रक शनिबार पृथ्वीराजमार्गको जोगिमारा–९ ज्यामिरेघाटमा अनियन्त्रीत भएर सडकबाट तल त्रिशुली नदीमा खस्दा ट्रकका सह–सचालक मकवानपुर जिल्ला हेटौडा नगरपालिका–२ घर भएका १८ बर्षीय तारा गुरुङ बेपत्ता भएका छन् । उक्त दुर्घटनामा ट्रक चालक सप्तरी जिल्ला कालिञ्चोक–५ घर भएका २५ बर्षीय महेश घिमिरे हाम फालेर बाच्न सफल भएका थिए । बेपत्ता ट्रक र सह–चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि बुधबार भएको १९ पदको निर्वाचनमा १ सिट बाहेक सबैमा सत्ता गठबन्धन विजयी भएको छ

काठमाडाैँ । सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एसियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको

काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फ अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ