गोरखामा पाँच सय थान बन्दुक संकलन

२२ बैशाख २०७०, आईतवार ०९:३० मा प्रकाशित

रासस, गोरखा, २२ वैशाख । जिल्ला प्रहरी कार्यालय गोरखाले वैशाख १६ गतेसम्म जिल्लाका विभिन्न स्थानबाट ५०० थान भरुवा बन्दुक सङ्कलन गरेको छ । गैरकानुनी रुपमा राखिएका भरुवा बन्दुकहरु बुझाउन प्रहरीले सार्वजनिक सूचना जारी गरेर सुरुमा १५ दिन र पछि पुनः १५ दिन गरी एक महिनाको समय दिएको थियो । सुरुका १५ दिनमा दुईथान बन्दुकमात्र सङ्कलन भएकोमा पछिल्लो अन्तिम दिनसम्म ठूलो सङ्ख्यामा हतियार सङ्कलन भएको प्रहरी नायब उपरीक्षक बसन्तबहादुर कुँवरले बताउनुभयो । जिल्लाभित्र अझै हतियार हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
भरुवा बन्दुक गोरखाका गाउँ गाउँमा बन्ने गर्दछ । त्यस्ता बन्दुकहरु विशेष गरी गाउँ घरका जङ्गलमा वन्यजन्तु र चराचुरुङ्गीको सिकार गर्न प्रयोग गर्ने गरिएको पाइएको प्रहरीले बताएको छ । समयभित्र हतियार नबुझाएर फेला परेमा हातहतियार तथा खरखजना ऐन २०१९ अनुसार कारबाही गरिने कुँवरले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर

काठमाडौँ ।संसदीय निर्वाचन २०७४ साल मङ्सिरमा भएकाले संसद्को पाँच वर्षे कार्यकाल सकिन अझै एक वर्ष बाँकी छ । संसद्का दुवै

काठमाडौँ ।निर्वाचन आयोगले एकपछि अर्काे ताकेता गर्दा पनि सरकारले स्थानीय तहको निर्वाचनबारे अन्योलता थपिरहेको छ । बरु सरकारमा आवद्ध पाँच