
काठमाडौं, चैत्र २२। माओवादी लडाकुको रेखदेख, समायोजन र पुनस्थापना बिशेष समितिले लडाकुहरुलाई चैत ३० गते भित्र नेपाली सेनालाई जिम्मा लगाउने निर्णय गरेको छ । बुधबार साँझ शीर्ष नेताहरुसहित बसेको बिशेष समितिको बैठकले विवादमा रहेको दर्जा, मापदण्ड र ब्रिजिङ कोर्षको समयावधीलाई थाति राखेर अन्य कार्य अघि बढाउने गरी कार्यतालिका निर्माण गरेको हो ।
कार्यतालिका अनुसार चैत २४ गतेदेखि पुनःवर्गीकरणको काम अगाडि बढाइनेछ । २४ गते राजधानीबाट जाने समिति मातहत सचिवालयको टोलीले २५ गते क्याम्प खडा गर्ने, २६ गते आवश्यक तयारी गरी २७ गतेदेखि पुनःवर्गीकरणको काम सुरु गर्ने छ । २७ गतेदेखि सुरु हुने पुनःवर्गीकरण अगाडि नै विवादित महानिर्देशनालय, दर्जा निर्धारण, विशेष तालिम र छनोट समितिमा सहमति जुटाउने निर्णय भएको छ ।
कार्यतालिकाको पूर्ण विववरण
माओवादी सेनाका लडाकुहरूको समायोजन कार्ययोजना
माओवादी सेनाका लडाकुहरूको रेखदेख, समायोजन र पुनर्स्थापनसम्बन्धी विशेष समिति २०६८ चैत नेपालको अन्तरिम संविधान, २०६३ को धारा १४६ बमोजिम गठित विशेष समितिको मिति २०६८।१२।२२ को निर्णयअनुसार माओवादी सेनाका लडाकुहरूको लागि समायोजनको कार्ययोजना र कार्यतालिका देहायबमोजिम तय गरिएको छ :
१. समायोजनका लागि देहायबमोजिम केन्द्रहरू निर्धारण गरिएको छ:-
हाल मुख्य तथा सहायक शिविरहरूमा रहेका माओवादी सेनाका लडाकुहरूलाई समायोजन कार्यको लागि नेपाली सेनासँग समन्वय गरी पायक पर्ने निम्नअनुसारका समायोजन केन्द्रहरू निर्धारण गरिएको छ ।
(क) अधिकृत तहका लागि: मध्य पृतनाअन्तर्गत शम्सेर दल गण, भरतपुर
(ख) अन्य दर्जाको लागि:
I. पूर्वी पृतना हेडक्वाटर, ईटहरी: i. चुलाचुली, ईलाम – मुख्य शिविर ii. टाँडी, मोरङ – सहायक शिविर ९ नं बाहिनी अड्डा, सिन्धुली: i. दुधौली, सिन्धुली – मुख्य शिविर ii. बेलसोत, उदयपुर – सहायक शिविर . मध्य पृतना, सुपारीटार, हेटौंडा: i. शक्तिखोर, चितवन – मुख्य शिविर ii. गैरीवारी, चितवन – सहायक शिविर , २२ नम्बर बाहिनी अड्डा, बुटवल: i. झ्यालटुङडाँडा, नवलपरासी – मुख्य शिविर . ii. हात्तिखोर, नवलपरासी – सहायक शिविर , मध्य पश्चिम पृतना हेडक्वाटर, सुर्खेत: i. दशरथपुर, सुर्खेत – मुख्य शिविर, ii. लेखफर्सा, सुर्खेत– सहायक शिविर, १९ नं बाहिनी अड्डा, दाङ: i. दहवन, रोल्पा – मुख्य शिविर, ii. उवा, मसिना – सहायक शिविर, ५ नं बाहिनी अड्डा, तेघरी, कैलाली: i. तालबन्द,कैलाली– मुख्य शिविर, बढैपुर, कैलाली – सहायक शिविर. ii. गोरङ्गे, कैलाली– सहायक शिविर
पुनश्च:- नेपाली सेनाको प्रस्तावअनुसार समायोजन केन्द्रहरू थप हुन सक्नेछन् ।
प्रतिक्रिया
सम्बन्धित खवर
केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी
म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।
नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे
काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार