वैशाख मसान्तभित्र निर्वाचनको मिति तोक्ने सरकारको तयारी

२२ बैशाख २०७०, आईतवार ०९:०२ मा प्रकाशित

काठमाडौं, २२ वैशाख । आफूहरुको मागको विषयमा कोही पनि टसको मस नभएको भन्दै नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले अब राष्ट्रपति, सरकारी वार्ता टोली र चार दलिय संयन्त्रमध्ये कसैसँग पनि वार्ता हुन नसक्ने चेतावनी दिइसकेको परिवेशमा सरकारले मंसिरमै चुनाव गर्ने भन्दै यही वैशाख मसान्तभित्र संविधानसभा निर्वाचनको नयाँ मिति तोक्ने तयारी गरेको बुझिएको छ ।निर्वाचनकै लागि गठित अन्तरिम मन्त्रिपरिषद् भए पनि त्यसतर्फ खासै सक्रियता नदेखाएको भन्ने आलोचना बढ्दै गएकोले जसरी पनि निर्वाचनको तिथि तोक्ने तयारी गरिएको मन्त्रिपरिषद्का एक सदस्यले बताए । अन्तर्राष्ट्रिय समुदाय खासगरी दुई छिमेकी चीन र भारतले नेपालमा समयमै निर्वाचन होस् भन्ने चाहनुका साथै निर्वाचन सम्पन्न गर्न हरप्रकारले सहयोग गर्ने बचन दिएकाले दलका नेताहरु पनि निर्वाचनका लागि थप तातेको बुझाई रेग्मी सरकारको रहेको पनि उनले जनाए । 
नेकपा-माओवादीलगायत विरोधि दलसँग छिट्टै छलफल गरी निर्वाचनमा सहभागी हुने वातावरण बनाउन प्रचण्डले पहलकदमी लिने प्रतिवद्धता व्यक्त गरेको समेत उनको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।