मंसिरमा पनि चुनाव हुनेमा नेपालको आशंका

२२ बैशाख २०७०, आईतवार ०८:४८ मा प्रकाशित

काठमाडौं, २२ वैशाख । मुलुकमा राजनीतिक अन्योल कायम रहेको र भावी चुनाव पनि यही अन्योलको शिकार बनिरहेको संकेत शीर्ष नेताहरुले गर्न थालेका छन् । वर्तमान परिवेशमा देखिएको प्रवृत्ति कायम रहे आगामी मंसिरमा पनि निर्वाचन हुन नसक्ने नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् । नेपालजस्ता नेताको यस्तो अभिव्यक्ति आएबाट राजनीतिक अन्योलतामा कुनै कमी नआएको महसुस गरिएको हो ।
शनिबार राजधानीमा आयोजित पुस्तक सार्वजनिक गर्ने एक कार्यक्रमबीच एमाले वरिष्ठ नेता नेपालले संविधानसभाको आकारलाई फेरि ६०१ कै जम्बो बनाउने प्रयास भइरहेको र फोटोसहितको मतदाता नामावलीका आधारमा विद्युतीय माध्यमबाट मत खसाल्ने प्रविधि रोकेर ०६४ सालकै नामावलीका आधारमा निर्वाचन गर्ने मनसायले फणा उठाउन थालेको उल्लेख गर्दै यदि यस्तो भएमा मंसिरमा पनि निर्वाचन नहुने परिस्थिति पैदा हुने औंल्याए । पहिले पनि कस्तो संविधान बनाउने भन्ने आधारभूत सिद्धान्तमा सहमती नहुदै संविधानसभामा प्रवेश गरिएको र लोकतान्त्रिक संविधान कसरी बनाउने भन्नेतर्फभन्दा बढी कसरी सत्ता प्राप्त गर्न सकिन्छ भन्नेमा ध्यान बढी केन्द्रित भएकोले संविधान नबनेको बताउँदै यस्तै प्रकारका खतरा अहिले पनि बढ्न थालेको नेपालले बताए ।
सोही कार्यक्रममा एमाले नेता एवम् पूर्वसभामुख सुवास नेम्वाङले संविधान निर्माणका लागि दुई तिहाई बहुमत आवश्यक पर्ने तर अहिलेको निर्वाचन प्रणालीले कुनै पनि दललाई दुई तिहाई मत हासिल नहुने उल्लेख गरे । आफूले यही कुरा पहिले पनि भनेको तर जनताले यस कुरालाई बंग्याएर बुझेको भन्दै उनले गुनासो प्रकट गरे । एमाओवादीका महासचिव पोष्टवहादुर बोगटीले भने संविधानका आधारभूत कुराहरुमा सहमती जुटाएर फराकिलो ढंगले अघि बढेको खण्डमा अबको संविधानसभा सफल हुन्छ भन्ने धारणा अघि सारे ।
कार्यक्रममा कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रिय सदस्य रमेश लेखक, निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त भोजराज पोखरेललगायतले पनि मन्तव्य दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जबर्जस्ती पेश गरिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बैठक कक्षमा नाराबाजी गरेको छ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा पार्टी विवादबारे सर्वोच्चबाट आएको फैसला अपेक्षा गरेभन्दा फरक

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको