नेपाल विश्वकप छनोट गेममा प्रवेश

२२ बैशाख २०७०, आईतवार ०८:२१ मा प्रकाशित

काठमाडौँ, २२ वैशाख । विश्वकप छनौटमा पुग्ने आशा मरिसकेको अवस्थामा नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा इटालीलाई ठूलो अन्तरले पराजित गरेर झिनो आशालाई यथार्थमा परिणत गरिदिएको छ । नेपालले टाइट बलिङ गरेर इटालीलाई नौ विकेटको क्षतिमा १२७ रनमा सीमित पारिदिएपछि विश्वकप छनोटमा नेपाल पनि प्रवेश गरेको छ। 
प्रतियोगिताका सुरुका दुई खेलमै अमेरिका र युगान्डासँग पराजित भएपछि विश्वकप छनौटमा पुग्ने नेपालको संभावना अत्यन्त क्षीण भएर गएको थियो । तर शनिबारको दिन नेपालका लागि चमत्कारी सावित भयो र अमेरिकालाई पन्छाउँदै नेपाल अगाडि पर्न पुग्यो । जतिसक्दो कम ओभरमा विजयी लक्ष्य हात पार्न उत्रिएको नेपाली ब्याटिङ टोलीको रणनीतिलाई ओपनर सुवास खकुरेल र प्रदीप ऐरीले १२ ओभरमा ८७ रन बनाउँदै बाटो कोरे। कप्तान पारस खड्काले पनि आठ बलमा २२ रन बनाएपछि अन्तिम दुई बलमा चौका र छक्का हान्दै ज्ञानेन्द्र मल्लले १४।५ ओभरमै नेपालले आठ विकेटको विजय पायो। २११ बल बाँकी रहँदै पाएको यो विजयले नेपालको रनरेट ह्वात्तै बढाएर ७१५ बनाइदियो।
यतिले मात्र पुग्ने अवस्था थिएन । अर्को चरणमा पुग्ने कुनै संभावना नभएको बर्मुडाले अमेरिकालाई पराजित गरिदियोस् भन्ने कामना गर्नु बाहेक नेपालसँग अरु विकल्प पनि थिएन। साँच्चै भयो त्यस्तै नै। पाँच ओभरको खेल बाँकी छँदै बर्मुडाले अमेरिकालाई पराजित गर्यो। उनीहरुका क्याप्टेन क्रिस डगलसले ७५ बलमा बनाएको ८९ रनले नै नेपाललाई विश्वकप छनौटसम्म पुग्ने ढोका खोलिदिएको हो।
अब नेपाल युगान्डासँगै अर्को वर्ष हुने विश्वकप छनौट प्रतियोगिताका लागि चयन भएको छ। त्यसमा छनौट हुन सके सन् २०१५ मा अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने विश्वकप क्रिकेटमा नेपाल सहभागी हुनेछ भने प्रतियोगिताको फाइनल खेलचाहिँ आइतबार राति नेपाली समय अनुसार सवा ७ बजे नेपाल र युगान्डाबीच हुँदैछ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरुपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक शुक्रवार आज साँझ ५ बजेका लागि बोलाइएको