मुलुकका शक्ति एक भए मात्र बाह्य चलखेल बन्द हुने कोइरालाको कथन

२१ बैशाख २०७०, शनिबार २१:२७ मा प्रकाशित

काठमाडौं, २१ वैशाख । वैद्यपक्षीय  माओवादीले कुनै हालतमा चुनाव गर्न नदिने उदघोष गरिरहेकै बेला नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले कात्तिकको अन्तिम वा मंसिरको पहिलो सातासम्ममा संविधानसभाको निर्वाचन हुने दाबी गरेका छन् ।  देश संविधानसभाको माहोलमा होमिइसकेको हुँदा त्यसलाई अब कसैले पनि रोक्न नसक्ने कोइरालाले बताए । कपिलवस्तुको सदरमुकाम तौलिहवामा कांग्रेसको भातृसंस्था मुस्लिम संघको दोस्रो राष्ट्रिय सम्मेलनको उद्‌घाटन गर्दै उनले कांग्रेस संघीयतामा जाँदैन भनेर माओवादी र मधेसवादी दलले गलत हल्ला फिँजाएको समेत प्रस्ट्याए ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो चरणमा चीन, भारत र नेपाल मिलेर विकास गर्नुपर्छ भनी अघिसार्दै आएको धारणाको खण्डन गर्दै देशका राजनैतिक शक्तिहरु मिलेर मात्र समुन्नत नेपाल निर्माण हुने धारणा राखेका राख्दै सभापति कोइरालाले देशका शक्तिहरु एक भएमा कसैले पनि नेपालमा चलखेल गर्न नसक्ने र त्यसको लागि राजनैतिक दलहरु विश्वासको वातारण बनाइ अघि बढ्नुपर्ने बताए ।
सो अवसरमा विभिन्न पार्टी परित्याग गरि सय भन्दा बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। नवप्रवेशिलाई सभापति कोइरालाले सदस्यता प्रदान गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको हो भन्नेलाई सर्वोच्च अदालत जान सुझाव दिएका छन् । सोमबार नारी

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो

दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन्

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्