श्रीमतीको हत्या गरी घरमै गाडियो लाश

२१ बैशाख २०७०, शनिबार २१:१५ मा प्रकाशित

काठममाडौं, २१ वैशाख । विभिन्न उद्योगी–व्यवसायीहरुसँग धम्क्याएर चन्दा असुल्ने एक गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ओलखढुंगा घर भई गौशाला बस्ने २४ बर्षीय अन्जान थापा, खोटाङ हलेसी–४ का ३० बर्षीय के.पि. कटुवाल र काठमाडौं गोठाटार–३ निवासी २२ बर्षीय अमृत चापागाईलाई प्रहरीले पक्राउ गरेको हो । टेकुस्थित शिवशक्ति बनस्पति घ्यु उद्योगका संचालक राहुल गाडियाको कार्यालयमा जवर्जस्ती चन्दा संकलन गरिरहेकै बेला सुराकीका आधारमा उनीहरु प्रहरीको फन्दामा परेका हुन् । अभियुक्तहरुले यसअघि पनि विभिन्न व्यक्तिसँग धम्क्याएर चन्दा भन्दै रकम असुली गरेको अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।
उता आप्mनै श्रीमतीको हत्या गरेको अभियोगमा दाङ लालमटिया–१ वसन्तपुरका ६० बर्षीय युद्धबहादुर गौतमलाई प्रहरीले पक्राउ गरेको छ । निजले बैशाख १३ गते आप्mनै ५८ बर्षीया श्रीमती सुशिला गौतमलाई हत्या गरी घरपछाडी गाडेको भन्ने सुराकीका आधारमा खटिएको प्रहरी टोलीले निजलाई नियन्त्रणमा लिई जमिन मुनी गाडेको लास निकालेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन्द्र शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालय

यातायात व्यवस्था विभागले जेठ ४ गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै

काठमाडौं ।स्थानीय तह निर्वाचनको मतगणनाको नजिता आउने क्रम चलिरहेको छ। अहिलेसम्म देशभरका चार सय ४ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक