अस्तित्व मेटिने त्रासले एकताको प्रस्ताव गर्नेहरुसँग गठबन्धन गरिन्न : महतो

२१ बैशाख २०७०, शनिबार २०:४४ मा प्रकाशित

काठमाडौं, २१ वैशाख । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफ्नो पार्टीले मधेसवादी भनाउँदा अन्य दलहरुसँग चुनावी गठबन्धन नगर्ने दोहोर्याएका छन् । आगामी संविधान सभाको निर्वाचनमा मधेशका केही दलले एउटै पार्टी र एउटै चुनाब चिन्हसहित सहभागी हुने प्रस्ताव अघिसारेको भन्दै बहुदलीय प्रजातन्त्रमा यस्ता कुराको कुनै तुक नरहने उनले बताए ।
सदभावना पार्टीले सुनसरी क्षेत्र नम्बर ३ दुवहीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै महतोले एउटै पार्टी र एउटै चुनाब चिन्ह लिएर संविभानसभामा जाने भनेको लोकतान्त्रिक मुलुकमा बहुदलवाद सिद्धान्तकोविपरित रहेको उल्लेख गरे । विगतको संविभानसभाको निर्वाचन समानुपातिक कोटामा बल्लतल्ल पर्न सफल भएर सत्ताको चुस्की लिन पार्टीलाई चिराचिरा पार्नेहरुले अहिले पुनः पार्टी एकीकरण कुरा गर्नुले उनीहरुलाई आफ्नो अस्तित्व नामेट हुने त्रास बढेको  महतोको तर्क थियो ।
अध्यक्ष महतोले विगतको निर्वाचनमा मधेशका तिन पार्टी सदभावना, तराई मधेश लोकतान्त्रिक र मधेशी जनअधिकार फोरम गठबन्धन गरेर चुनावमा सहभागी हुन चुनावी तालमेल मिलाउदै गर्दा मधेशी जनअधिकार फोरम नेपाल र तमलोपा गठबन्धनबाट पछि हटेको स्मरण गराउँदै पार्टी फुटाएर सत्ताको स्वाद चाखेकाहरुले आफनो अस्तीत्व रक्षाको निम्ती अहिले एउटै पार्टी एउटै चुनाब चिन्हको नारा दिएर मधेशी जनतालाई अँध्यारोमा राख्ने काम गरेकोले यस्ता दलहरुसंग जनतालाई सचेत रहन आग्रह पनि गरे ।
उक्त कार्यक्रममा फोरम नेपालका केन्द्रिय सदस्य सुनिता विश्वासको नेतृत्वमा २ सय कार्यकर्ता फोरम परित्याग गरी सदभावनामा प्रवेश गरेका छन । पार्टी प्रवेश गनेहरुलार्ई महतोले पार्टीको सदस्यता प्रदान गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री