नेपाली मुलका अमेरिकन पत्रकारहरुको सातौ बार्षिक साधारण सभा बाल्टिमोरमा सुरु

२१ बैशाख २०७०, शनिबार ०२:१० मा प्रकाशित

पुरुषोत्तम ढकाल, बाल्टिमोर, २१ वैशाख । नेपाली मुलका अमेरिकन पत्रकारहरुको छाता संगठन नेपाल अमेरिका पत्रकार संघ नेजाको सातौ बार्षिक साधारण सभा संयुक्तराज्य अमेरिकाको उत्तर पूर्वी राज्य मेरिल्याण्डको बाल्टिमोर शहरमा सुरु भएको छ । प्रत्यक बर्ष विश्व प्रेस स्वतन्त्रताको दिन आयोजना हुदै आएको बार्षिक साधारण सभामा सहभागी हुन संयुक्तराज्य अमेरिकाको विभिन्न राज्यमा बसोबाश गर्ने नेपाली मुलका अमेरिकन पत्रकारहरु यति बेला मेरिल्याण्डको बाल्टिमोर शहरमा भेला भएका हुन् । नेजाका अध्यक्ष आङ्ग छिरिङ्ग शेर्पाले दिएको जानकारी अनुसार अमेरिकाको विभिन्न राज्यमा बसोबाश गर्ने करिब १०० भन्दा बढी नेपाली मुलका अमेरिकन पत्रकारहरु सातौ बार्षिक साधारण सभामा सहभागी हुने छन् । साधारण सभा आयोजक समितिका संयोजक गौतम दाहालका अनुसार सातौ बार्षिक साधारण सभाले बिधान संसोधन, अमेरिकन मूल धारका संचार सम्बद्द संस्थाहरुसंग सहकार्य र अमेरिकन मूल धारको पत्रकारितामा नेपाली मुलका अमेरिकन पत्रकारहरुलाई समायोजन हुन मार्ग प्रसस्त गर्नेछ । साधारण सभाको उद्घाटन सोसाइटी अफ प्रोफेशनल जर्नालिष्टका कार्यकारी निर्देशक जोए स्केलले गर्नु हुनेछ भने अमेरिका भ्रमणमा रहनु भएका नेपाली राजनीतिक दलका नेताहरु अर्जुन नरसिंह केसी, पत्रकार कपिल काफ्ले लगायतका व्यक्तिहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपाल अमेरिका पत्रकार संघ नेजाको सातौ बार्षिक साधारण सभा अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवस बिशेष हुनेछ भने मे ३ मा सुरु भै मे ४ तारिखमा सम्पनन हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर