अवको विजय लोकतान्त्रिक शक्तिहरुकोः नेता ओली

२१ बैशाख २०७०, शनिबार ०१:५० मा प्रकाशित

देवचन्द्र भट्ट, नुवाकोट, २१ वैशाख । एमाले वरिष्ठ नेता केपी शर्मा ओलीले आगामी निर्वाचनवाट देशमा आगामी एकदलीय अधिनायकवादीहरुको पराजय र लोकतान्त्रिक शक्तिहरुको पक्का विजय हुने दावी गर्नुभएको छ । नेता ओलीले एकिकृत नेकपा माओवादीले देशमा एकदलीय शाहीतन्त्र लाद्न खोजेका कारण नया संविधान वन्न नसकेको र आगामी संविधान सभाको निर्वाचनवाट लोकतान्त्रिक शक्तिहरुको दुई तिहाई वहुमत ल्याएर लोकतान्त्रिक संविधान निर्माण गर्नेसमेत ठोकुवा गर्नुभयो ।
वरिष्ठ नेता ओलीले शुक्रवार नुवाकोटको विदुरमा नेपाल राष्ट्रिय शिक्षक संगठन नुवाकोटको ११ औं अधिवेशनको उद्घाटन गर्नुहुदै माओवादीले देशमा राणाशाही एकदलीय छाप लगाएको संविधान वनाउन चाहेकाले देशमा संविधान वन्न नसकेको कारण दीगो शान्तिप्रेमी नेपाली जनताले शान्तिको श्वास फेर्न नपाएको ठहर गर्नुभयो । आगामी मंसिरमा हुने संविधान सभा निर्वाचनवाट लोकतान्त्रिक शक्तिहरुको वहुमतवाट एकदलीय अधिनायकवाद लाद्न खोजिरहेका दलहरुलाई परास्त गरेर नेपालीलाई नयां संविधान र दीगो शान्ति दिइने टिप्पणी गर्नुभयो ।
विभिन्न दल र शक्तिहरु अहिले पनि सरकारलाई निर्वाचन गर्न नदिने षडयन्त्रमा लागेको ठहर गर्दै नेता ओलीले नेकपा एमालेले निर्वाचन विथोल्ने शक्तिलाई घुंडा टेकाएर भएपनि संविधान सभाको नयां निर्वाचन गरेरै छाडिने नेता ओलीले दावी गर्नुभयो । नेता ओलीले अगाडि भन्नुभयो माओवादीको विगतको गतिविधिले देश २० वर्ष पछाडि परेकोले नेपाली जनताका सामु माओवादी खस्किएको, हैसियत विग्रिएको र सामथ्र्य सिद्धिइसकेका कारण अवको निर्वाचनमा लोकतान्त्रिक शक्तिहरुको विजय हुने दावी गर्नुभयो ।
नेता ओलीले विगतमा माओवादीले भन्दै आएको नयां नेपाल विपरितको नयां नेपाल भएको हुंदा अवको निर्वाचनमा विगतमा माओवादीले देखाउंदै आएको डर, धाक र धम्कीको राजनीति नचल्ने स्पष्ट पार्दै नेता ओलीले अव पनि लोकतान्त्रिक शक्तिहरुको विजय नभए २०६४ मा गरिएको संविधान सभाको निर्वाचन २०७० सालमा आएर दोहोरिन लागे जस्तै २०७५ सालमा पनि दोहोरिन सक्ने आशंका व्यक्त गर्नुभयो । विगतमा पहिलो र ठुलो दल भएको घमण्डका कारण माओवादीका अध्यक्ष प्रचण्डले नेकपा एमाले दल नै छैन भन्नु २०६४ साल चैत्रमा आंखा फुटेको कारण एउटै कुरा देखिरहेको र सोहि कुरा दोहो¥याइरहेको पनि वताउनुभयो ।
आफैंले भन्दै आएको प्रचण्डपथ विर्सिएका कारण माओवादीको प्रचण्डपथ आफ्नै घमण्डका कारण अहिले त्रिशूली नदीमा वालुवा हराए जस्तै भएको दावी गर्दै नेता ओलीले एकदलीय संविधान लेख्न नसकेपछि माओवादीले संविधान सभा र व्यवस्थापिका संसद सिध्याएर सत्ता कव्जा गर्न खोजेका र नेकपा एमालेलगायतका दलहरुको कारण त्यसो गर्न नपाएको वताउनुभयो ।
सोहि कार्यक्रममा नेकपा एमाले पोलिटव्युरो सदस्य तथा शिक्षा विभाग प्रमुख महेन्द्रवहादुर पाण्डेले माओवादीको हतियारको राजनीति अव सकिएको दावी गर्दै नेपाली जनतालाई ढुक्क भएर नया निर्वाचनमा मतदान गर्न आग्रह गर्नुभयो । नेता पाण्डेले एकिकृत माओवादीलाई पहिलेका सहमति तत्काल कार्यान्वयन गरि जनताको विस्वास जित्न पनि चेतावनी दिनुभयो ।
जनयुद्धका नाममा कोहि कसैलाई मारेर कुनै दल र शक्ति क्रान्तिकारी हुन नसक्ने दावी गर्दै नेता पाण्डेले मान्छे मारेर एनेकपा माओवादी क्रान्तिकारी हुन्छ भने मान्छे मारेका अरु शक्ति पनि क्रान्तिकारी हुन सक्ने वताउनुभयो । माओवादी अन्तरराष्ट्रिय नजरमा हत्यारा सावित भइसकेका कारण अव हत्याराले देश चलाउन नसकने ठोकुवा गदै नेता पाण्डेले एनेकपा माओवादीमा अझै विस्वास नभएको पनि वताउनुभयो । वोली फेर्ने र प्रतिवद्धता कार्यान्वयन नगर्ने प्रवृतिका कारण दलहरुले माओवादीवाट हैरानी पाइरहेको पनि नेता पाण्डेले वताउनुभएको छ ।
हिजोका दिनमा नेपाली जनताले माओवादीलाई एक भोट दिंदा उन्मुक्ति र शान्ति पाइन्छ भन्ने आशामा मतदान गरेको वताउंदै अव जनताले माओवादीलाई डर र धम्कीले भोट नदिने पनि वताउनुभयो । यसकारण एनेकपा माओवादीले विस्वास गुमाउंदै गएका कारण नेपाली जनता पनि अव पूर्ण रुपमा सचेत भइसकेकाले अव पहिलेको जस्तो डर, धाक, धम्की र वन्दुकको डरमा नेपाली जनता नवस्ने ठोकुवा नेता
कार्यक्रममा नेकपा एमाले विदेश विभाग सचिव केशव पाण्डे, पुर्व सभासद गोविन्द नेपाली, नेकपा एमाले नुवाकोटका अध्यक्ष नारायणप्रसाद खतिवडालगायतले शिक्षक संगठनले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको कदर गर्दै नयां नेतृत्व चयनका लागी शुभकामना व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएकोमा आपत्ति जनाएको छ । सोमबार बिहान बसेको सचिवालय बैठकले प्रधानमन्त्री