बाह्रबुँदे सहमतिको श्रेय कांग्रेसले लिएको भन्दै एमाले नेताद्वारा आपत्ति

२० बैशाख २०७०, शुक्रबार २३:०७ मा प्रकाशित

रासस, दैलेख, २० वैशाख । नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले २०६४ सालको संविधानसभाबाट संविधान घोषणा गर्ने सबै तयारी भएका बेला एमाओवादीले जातीय राज्यको बखेडा हालेर संविधान बन्न अवरोध पुर्‍याएको आरोप लगाएका छन्। सदरमुकाममा शुक्रबार आयोजित सभामा उनले पहिलेको संविधानसभा निर्वाचनमा माओवादी हतियारको त्रास र वाइसिएल दम्भमा धाँधली गरी ठूलो पार्टी बनेको भए पनि सत्ताकै खेलमा मात्र रुमलिएका कारण उसले जनविश्वास गुमाइसकेको बताए। विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष खनालले माओवादीलाई पत्रकार डेकेन्द्र थापाको रगतको मूल्य महँगो पर्ने बताए।
सभामा एमाले वैकल्पिक सदस्य दलबहादुर सुनारले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन रोल्पा, भारतको सिलगुडी र लखनौमा भेटेर वातावरण बनाइएपछि दिल्लीमा बाह्रबुँदे सहमति भएको प्रगतिलाई नेपाली कांग्रेसले श्रेय लिएकामा आश्चर्य प्रकट गरे।
एमाले जिल्ला अध्यक्ष अम्मरबहादुर थापाको अध्यक्षतामा भएको जनसभामा एमाले केन्द्रीय कमिटीका सदस्य गोविन्द कोइराला, गौरा प्रसाईं, देवराज भार, पूर्वसभासद् राजबहादुर बुढा, एमाले जिल्ला उपाध्यक्ष बरुनाथ योगी लगायतले आआफ्नो विचार राखेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि सरकारले काम गरिरहेको

काठमाडौं।२०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै धरहराको उद्घाटन गरे । त्यसको एक वर्षभित्र सम्पूर्ण