माओवादी र मधेसी दलले जनता तर्साए : देउवा

२० बैशाख २०७०, शुक्रबार २२:३३ मा प्रकाशित

चन्द्रकान्त  खनाल, रुपन्देही, २० वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी र मधेशी दलका कारण जनता दलसँग डराउनु पर्ने अवस्था आएको बताएका छन् । सरकार तथा दलहरुको मालिक जनता भएको औंल्याउँदै उनले माओवादी तथा मधेशी दलहरुले डरत्रासको राजनीति गरेकाले यस्तो अवस्था आएको जनाए । ‘जनताले सरकार बनाउँछ अनि आवश्यक परे बदल्छ पनि, त्यसैले जनता नै मालिक हो ।’
नेपाली कांग्रेस रुपन्देहीले लुम्बिनी क्षेत्रमा पर्ने मधुवनीमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षणको उद्घाटन गर्दै देउवाले भने– ‘जनता मालिक बन्ने अवस्था प्रजातन्त्र/लोकतन्त्रमा मात्र रहन्छ । जनतासँग नेता डराउनु पर्नेमा नेतासँग जनता डराउनु पर्ने अवस्था आउनु दर्भाग्यपूर्ण कुरा हो ।’
जनतालाई मालिक बनाउनका लागि नेपाली कांग्रेसको जित आवस्यक रहेको देउवाले बताए । मधेशको नाममा राजनीति गर्ने दलका नेताहरु मधेशीको लागि नभएर आफ्नो खल्ती भर्ने काममा तल्लिन रहेकाले मधेशी जनता सधैं पछाडी परेको पनि उनले जिकीर गरे ।
२०५२ सालमा आफूलाई ४० सुत्रीय माग राखेर एक्कासी मारकाटको राजनीति शुरु गरेको माओवादीले आफ्नो पार्टीबाट २-२ पटक सम्म सत्ताको नेतृत्व गर्दा पनि आफ्ना मागको एउटा सुत्रसम्म पुरा नगरेर आफैले सामन्तवाद र बिस्तारवाद भन्नेहरुसँग हात मिलाएर सत्तामा रमाउने मात्र काम गरेको नेता देउवाले प्रस्ट्याए । गत संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसले मधेशबाट हार व्यहोर्नु परेको स्मरण गर्दै उनले विकास र समृद्धिको लागि नेपाली कांग्रेसलाई जिताउन पनि मधेशी जनतालाई आग्रह गरे ।
कार्यक्रममा अर्का नेता पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वालकृष्ण खाणले कांग्रेस बलियो हुँदा मात्रै लोकतन्त्र पनि बलियो हुने र कांग्रेसको जितमा मात्रै लोकतान्त्रिक संविधान सुनिश्चित हुने बताउँदै लोकतान्त्रिक संविधान निर्माणका लागि आसन्न संविधानसभामा कांग्रेसलाई जिताउन आग्रह गरे । उनले
माओवादी द्वन्द्वकालमा पार्टीका धेरै कार्यकर्ताले ज्यान गुमाएको, धेरै मान्छे विस्थापित हुनु पर्दापर्दै पनि पार्टीका लागि योगदान पु¥याउने व्यक्तिहरुलाई पार्टीले पनि उच्च मुल्याङ्कन गर्नुपर्ने बताए ।
त्यस्तै अर्का केन्द्रीय सदस्य चन्द्र भन्डारीले दश वर्ष युद्धको राजनीति गरेर जनतालाई एकता र संमृद्धताको नारा दिने माओवादीले क्षेत्रीयता र जातीय विखण्डनको उपहार दिएको आरोप लगाए । उनले देउवा सरकारलाई ४० बुंदे माग तेस्र्याउने माओवादीले आफू सरकारमा रहँदा विप्पा सम्झौता गरेर आफ्ना
माग भारतका अगाडी च्यातेको आरोप लगाए । बाबुराम र पुष्पकमल दाहाल राजनीतिक रुपमा मरिसकेको विश्लेषण गर्दै अवको निर्वाचनमा उनीहरुलाई मतदान गर्न नहुने भण्डारीको कथन थियो ।
जिल्ला सभापति अव्दुल रज्जाकको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरु दीपकुमार उपाध्याय, बाबुराम राना, पूर्वमन्त्री दुर्याेधन सिंह चौधरी, पूर्व अर्थ राज्यमन्त्री भरतकुमार शाह, विश्वप्रकाश शर्मा, पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, सचिव रामकृष्ण खाण लगायतले धारणा राखेका थिए । दुईदिन सम्म चल्ने प्रशिक्षणमा जिल्ला कार्यसमितीका पदाधिकारी तथा सदस्यहरु, क्षेत्र तथा नगर र गाउँ समितीका सभापतिहरु भातृ तथा सुभेच्छुक संस्थाका अध्यक्षहरु रि १ सय ५० जना सहभागि हुने पार्टीले जानकारी दिएको छ ।
प्रशिक्षणमा पार्टीका केन्द्रीय सदस्य वालकृष्ण खांण, चन्द्र भण्डारी, गगन थापा, तरुण दलका केन्द्रीय सदस्य महेश दाहाल, प्रशिक्षक प्रतिष्ठानका दिनेश त्रिपाठीले संविधानसभाको निर्वाचन र नेपाली कांग्रेस, बिपीको समाजवाद र सहकारिता, आगामी निर्वाचनमा कांग्रेसलाई विजयी बनाउन नेतृत्व क्षमताको बिकास तथा नेपाली कांग्रेसले संबिधान सभामा प्रस्तुत गर्ने बुँदाहरु जस्ता बिषयमा प्रशिक्षण गर्ने जिल्ला सदस्य तथा प्रशिक्षण विभाग प्रमुख प्रेमनारायण खरेलले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल