स्वदेशमै रोजगारीमा जोड

२० बैशाख २०७०, शुक्रबार २२:२९ मा प्रकाशित

बुटवल, २० वैशाख । मुलुकको आर्थिक समृद्धि बिना बेरोजगारी समस्या समाधान हुन नसक्ने भएकाले युवा तथा उद्यमी व्यवसायीहरुले आर्थिक समृद्धिको लागि एकसाथ अघि बढ्नुपर्नेमा बुटवलमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ । बुटवल उद्योग वाणिज्य संघ, संघअन्तर्गतका बस्तुगत समिति र बेरोजगार युवा संघ नेपालका पदाधिकारीहरु बिचको अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले युवाहरुलाई बैदेशिक रोजगारमा जानभन्दा स्वदेशमा नै स्वरोजगार र उद्यमशिलताको बिकास गर्न सामुहिक आवाज उठाउनुपर्नेमा जोड दिएका थिए । उद्योगी व्यवसायीहरुले विभिन्न नाममा प्रस्तुत हुने संघ संगठन राजनैतिक दलका भातृ संगठनका रुपमा उभिई उद्योग व्यवसायलाई आर्थिक आय आर्जनको श्रोतको बाटोमा लिने सोच नत्यागेसम्म सहकार्य कठिन भएको बताएका थिए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य शंकर श्रेष्ठले युवाहरु राजनितीको सिमित घेराबाट बाहिर निस्कन खोज्न सकारात्मक कुरा भएपनि व्यवहारमा नदेखिएसम्म बिश्वास गर्न नसकिने बताए । उनले राजनीतिक क्षेत्रबाट प्रतिबद्धता नजनाएसम्म लगानीमैत्री बातावरण र रोजगारीको श्रृजना हुन निकै कठिन भएको बताए ।
बेरोजगार युवा संघकाकेन्द्रिय संयोजक तथा पुर्वसभासद चन्द्रबहादुर थापाले आर्थिक समृद्धि र रोजगारी एक अर्काका परिपुरक भएको उल्लेख गर्दै आर्थिक समृद्धि र राष्टियताले मात्र अव नेपालको अस्थित्व र पहिचान जोगिने भएकाले आफु आर्थिक समृद्धिको अभियानमा लागेको दाबी गरे । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले सरकारले औद्योगिक वातावरण बनाउने र युवाहरु यसतर्फ आर्कर्षित हुने हो भने रुपन्देही जिल्लामा मात्रै लाखै युवाले रोजगारी पाउने बताए ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ, महासचिव अनिलप्रसाद श्रेष्ठ, कोषाध्यक्ष उज्ज्वल कसजु,कासस कमल पोख्रेल, बेरोजगार युवा संघका केन्द्रिय सहसंयोजक टिपी घर्ति, ग्रिल व्यवसायी समितिका सभापति अशोक बर्मा, खाद्यान्न समितिका सभापति सन्तराम चौधरी, प्लाष्टिक व्यवसायी समितिका उपसभापति टिकाराम बञ्जाडे लगायतले बोलेका थिए ।

चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी

काठमाडौं । प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि शुरु हुँदैछ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला सर्वोच्च