एयर मार्शल राख्न प्रचण्ड सहमत भएको खुलासा

२० बैशाख २०७०, शुक्रबार १५:३६ मा प्रकाशित

काठमाडौं, २० वैशाख । भारतको उग्र बिरोधलाई हतियार बनाएर नेपाली जनतालाई ढाँट्दै  आजको स्थानमा पुग्न सफल एमाओवादी अध्यक्ष प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनको जिम्मेवारी भारतलाई दिने विषयमा सहमति गरेको खुलासा भएको छ । यस पटकको भारत भ्रमणका क्रममा एमाओवादी अध्यक्ष प्रचण्डले भारतीय विदेशमन्त्री सलमान खुर्सिदसँगको भेटमा विमानस्थल व्यवस्थापनको जिम्मेवारी दिने र एयर मार्शल पनि राख्ने सहमति गरेको खुलासा भएको हो । विश्वस्त सुत्रले दिएको जानकारीअनुसार प्रचण्डले नयाँ रणनीतिसहित विमानस्थलको जिम्मेवारी भारतलाई दिने विषयमा आश्वासन दिएका छन् । भारतले अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय “एयर मार्शल” राख्ने र उनीहरुमार्फत नै चेकजाँच गर्ने विषयमा लामो समयदेखि कुरा उठाउँदै आएको छ ।
अन्तर्राष्टिय नागरिक उड्डयन संगठन (आइकाओ)को नियम अनुसार दुई देशबीच सम्झौता भइ दुवै पक्षको सहमतिमा हातहतियार सुसज्जित, विशेष सुरक्षा खतरा उत्पन्न नभएसम्म हतियार प्रदर्शन नगर्ने गरी, हवाईजहाजको भित्र निश्चित संख्यामा कुनै देशको हवाईजहाजमा सुरक्षा अधिकारी राख्न पाइन्छ । हवाईजहाज रोकिराखेको अवस्थामा ती सुरक्षा अधिकारी हवाइजहाजभित्रै रहनु पर्छ । बाहिर निसक्नु परेको अवस्थामा हवाईजहाज रोकिराखेको देशको तोकिएको अधिकारीलाई हतियार बुझाएर निष्कनु पर्छ र भित्र जाँदा फेरि सँगै लान पाइन्छ । यही आधारमा एयर मार्शल राखेर भारतले अन्य अभीष्ट सिद्ध गर्न खोजेको अनुमान गरिँदै आएको छ ।
प्रचण्डको प्रस्तावअनुसार विमानस्थल सुधार, सुरक्षाको जिम्मा भारतले लिने तर भारतीय सेना विमानस्थलमा राख्नुको सट्टा भारतले ‘ट्रेन’ गरेका नेपाली सेना रहने छन् । भारतले भने नेपाली सेनालाई एयर मार्शल राख्नुको कुनै तुक नहुने भएकोले आफ्नै सेना राख्न पाउनुपर्ने तर्क गरेको छ । यस विषयमा पार्टीमा समेत छलफल गरेर व्यवस्था गर्न सकिने जवाफ प्रचण्डले दिएको बुझिन्छ । यस विषयमा अब प्रचण्डले कसरी कुरा अघि बढाउँछन्, प्रतीक्षाको विषय बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जबर्जस्ती पेश गरिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बैठक कक्षमा नाराबाजी गरेको छ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा पार्टी विवादबारे सर्वोच्चबाट आएको फैसला अपेक्षा गरेभन्दा फरक

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको