बाम खेमाका कानून व्यवसायीहरुद्वारा रेग्मीको राजीनामा माग

२० बैशाख २०७०, शुक्रबार १४:३५ मा प्रकाशित

काठमाडौं, २० वैशाख । शक्ति पृथकीकरणको सिद्धान्तबारे आफू जानिफकार रहेकोले कसैले अर्तिबुद्धि दिनु नपर्ने भनी प्रधानन्यायाधीश एवम् चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले सार्वजनिक अभिव्यक्ति दिएको भोलीपल्टै सगरमाथा अञ्चलका प्रगतिशील खेमाका कानूनव्यवसायीहरुले रेग्मीले तत्काल प्रधानन्यायाधीशबाट राजीनामा गर्नुपर्ने माग अघिसारेका छन् । उदयपुरको गाईघाटमा सम्पन्न प्रगतिशील तथा पेशागत कानुन व्यवसायीको अञ्चलस्तरीय भेलाले यस्तो माग अघि सारेको हो।
सर्वोच्च न्यायालयमा वहालवाला प्रधान न्यायाधीशलाई मन्त्रिपरिषद अध्यक्ष बनाइँदा कानुनी शासन र विधि–विधान मिचिने ठहर गर्दै प्रधान न्यायाधीशबाट तत्काल राजीनामा दिन माग गर्नेहरुमा वरिष्ठ अधिवक्ता युवराज संग्रौला र बुद्धिजीवी परिषद केन्द्रीय सदस्य पार्वती राउत पनि छन् । उनीहरुले क्रमशः  ुआधुनिक कानुन व्यवसायको निर्माण स् प्रगतिशील पेसागत कानुन व्यवसायीको प्राथमिक दायित्वु र  ुनवोदित कानुन व्यवसायका चुनौती र समाधानु विषयक छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेर सो धारणा अघिसारेका हुन् । दुवै कार्यपत्रको निचोड र भेलाका सहभागीको रायअनुसार रेग्मीले तत्काल प्रधान न्यायाधीशबाट राजीनामा दिनुपर्ने निष्कर्ष निकालिएको बताइएको छ। ुप्रधान न्यायाधीशले नै कार्यपालिकाको प्रमुखको रुपमा कार्यभार सम्हालिरहेको अवस्थामा शक्ति पृथकीकरण र कानुनको सर्वमान्य सिद्धान्तअनुरुप अबिलम्ब मन्त्रिपरिषद अध्यक्षले प्रधान न्यायाधीशबाट राजीनामा दिन यो भेला जोडदार माग गर्दछु भनिएको छ।
कानून व्यवसायीहरुको भेलाले देशको राजनीतिक स्थायित्वका लागि घोषित संविधानसभा चुनावको मिति तत्काल तोक्न पनि माग गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आए जिम्मेवारीबाट नभाग्ने बताएका छन्। आज चितवनमा आयोजित कार्यक्रममा बोल्दै

काठमाडौ । नेकपा दाहाल-नेपाल समूहले ओली समूहमा सक्रिय नेताहरुलाई कारबाही गरेको छ । नेताहरु महेश बस्नेतसहित सूर्य थापा, विशाल भट्टराई,

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

दमौली । नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय