भ्रष्टाचार गरी फरार रहेका प्रसाईं प्रहरी नियन्त्रणमा

२० बैशाख २०७०, शुक्रबार १४:१७ मा प्रकाशित

काठमाडौं, २० वैशाख । कृषि बिकास बैंक भक्तपुरका तत्कालिन प्रबन्धक एवम् अन्य केही बैंक–कर्मचारीहरु तथा चन्द्रबिनायक डीष्ट्रीव्यूटर्स एण्ड सप्लायर्सका प्रोपाराइटर समेतको मिलोमतोमा जमिनको नक्कली कागजात तयार गरी बैंक ठग्ने ध्रुवराम प्रसाईंलाई प्रहरीले गिरफ्तार गरेको छ । तेह्रथुम घर भई काठमाडौं धापासी बस्दै आएका र झण्डै ६ वर्षदेखि फरार ५६ बर्षीय प्रसाईंले झुठो विवरणका आधारमा कर्जा लेनदेन गरी भ्रष्ट्राचार गरेको मुद्दामा बिशेष अदालत काठमाडौंले ०६४ साल जेठ ११ गते ५ लाख ७६ हजार २ सय २२ रुपैयाँ जरीवाना ठहर गरेको थियो । त्यसयता उनी फरार रहेका थिए । प्रसाईंलाई बैशाख १७ गते केन्द्रिय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले ललितपुर नख्खुबाट पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा