राष्ट्रपतिसमक्ष केही महत्वपूर्ण अध्यादेश पठाउने सरकारको तयारी

२० बैशाख २०७०, शुक्रबार ०८:५० मा प्रकाशित

काठमाडौं, २० वैशाख । सरकारले नेपाल-भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाका लागि थप लगानी गर्न अन्तर्राष्ट्रिय वित्तीय संस्था (आईपीए) ले नेपाल सरकारलाई करिब ३९ मिलियन डलरबराबरको आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धमा सो संस्थासँग निकट भविष्यमा हुने वार्ताका लागि ऋण वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । बिहिबारको क्याविनेट बैठकले सीपविकास परियोजनाका लागि एसियाली विकास बैंकसँग हुने वार्तामा नेपाल सरकारबाट वार्ता टोली गठन गर्ने निर्णय भएको हो । यसबाट करिब १ अर्ब ७२ करोड रुपैयाँबराबरको आर्थिक सहायता सरकारलाई प्राप्त हुने जनाइएको छ ।
मन्त्रिपरिषद बैठकले सम्पत्ति शुद्धीकरण र आतंकवादमा लगानीसम्बन्धी दुईओटा अध्यादेश राष्ट्रपतिसमक्ष पठाउने तयारी पनि गरेको छ । मुलुकलाई कालोसूचीबाट बचाउनका लागि बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ती अध्यादेशलाई यथाशक्य चाँडो राष्ट्रपतिसमक्ष पठाउने निर्णयसमेत गरेको एक मन्त्रीले जानकारी दिए । सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणका लागि सरकारले सवल कानुनी संरचना विकास गर्नुपर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरूप यी विधेयक पारित गर्न लागिएको जनाइएको छ । बताइएअनुसार अर्थ मन्त्रालयबाट प्राप्त भएका सम्पत्ति शुद्धीकरण (मनिलाउन्डरिङ निवारण) दोस्रो संशोधन अध्यादेश २०७० र कसुरजन्य सम्पत्ति तथा साधन रोक्का नियन्त्रण तथा जफत अध्यादेश २०७० मस्यौदा विधेयक समितिमा पारित भएपछि राष्ट्रपतिसमक्ष सिफारिस गरिनेछ ।
यसैगरी, सरकारले राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण नियमावली र भौतिक मन्त्रालयबाट प्राप्त सार्वजनिक सवारी चालक अनुमतिपत्रसम्बन्धी नियमावली २०७० लाई पनि थप छलफलका लागि मन्त्रिपरिषद्को विधेयक समितिमा पठाउने निर्णय गरेको छ भने महत्वपूर्ण स्मारक तथा प्रतिष्ठानको सुरक्षासम्बन्धी मापदण्डको मस्यौदालाई स्वीकृत गरी लागू गर्न भौतिक पूर्वाधार मन्त्रालयमा पठाउने निर्णय सरकारले गरेको छ ।
यस्तै, नेपालस्थित विदेशी कूटनीतिक नियोगमा कार्यरत कूटनीतिक सुविधा प्राप्त पदाधिकारीले सवारी साधन पैठारी गर्दा हाल कूटनीतिक सुविधाअन्तर्गत पैठारी भएका सवारी साधन उत्पादन भएको मितिले १५ वर्षसम्म सोही सुविधा पाएका व्यक्तिहरूमा स्वामित्व हस्तान्तरण गर्न एक पटकमा लागि अनुमति दिने निर्णय पनि गरिएको छ । यसैगरी सरकारले अर्थ मन्त्रालयको रिक्त प्रमुख आर्थिक सल्लाहकारमा नेपाली कांग्रेसनिकट अर्थविद् डा.चिरञ्जीवी नेपाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षा जेठ १३ गतेबाट शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको

काठमाडौं । राष्ट्रिय सभाकी सांसद कोमल वलीले विघटित नेकपा नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेकी छन ।

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि

काठमाडौं । अभिनेतृ रेखा थापाले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेट गरेकी छन् । उनले समाजिक संजाल फेसबुकमा विप्लवसँग भएको