जेलका चौकीदारमाथि कैदी खनिएपछि…

२० बैशाख २०७०, शुक्रबार ०८:३२ मा प्रकाशित

काठमाडौं, २० वैशाख । बेलाबेलामा अनेक प्रकारका घटना घटेर चर्चामा रहने ललितपुरस्थित नख्खु जेलमा गत बुधबार राती गम्भीर प्रकृतिको झडप एवम् कुटपिटको घटना भएको खुलासा भएको छ । जेलका चौकीदारको शोषणको मारमा परेको भन्दै करिब दुई दर्जन कैदीहरुले चौकीदारमाथि सांघातिक आक्रमण गरेपछि सुरु भएको द्विपक्षीय झडपले उग्र रुप लिएपछि स्थिति सम्हाल्न जेल प्रशासनलाई हम्मेहम्मे परेको बताइन्छ । चौकीदारका विरुद्ध रहेका कैदीहरुले कुटपिट गरी उनलाई गोलघरभित्र थुनेका थिए । यसरी अचानक चौकीदारलाई मरणासन्न हुनेगरी कुटपिट गरी जेलकै सुरक्षामा धावा बोलेपछि किंकर्तव्यबिमुढ भएको जेल प्रशासनले स्थिति काबुमा लिन ललितपुर प्रहरीलाई गुहार लगाउनु परेको थियो । 
बताइएअनुसार हिंड्डुलका क्रममा एकापसमा ठोक्किएको विषयलाई झगडाको कारकतत्व बनाइए पनि वास्तवमा अनियमितता र शोषण गरेको भन्दै केही समयदेखि चौकीदारमाथि आक्रमण गर्ने कैदीहरुको सुनियोजित योजना थियो । झगडाले उग्ररूप लिएपछि जेलभित्रका दुई ब्लकमध्ये एउटा ब्लकका केही कैदीहरूले अर्कोपट्टकिा चौकीदारलाई शोषण र अनियमितताको खुलेर आरोप लगाए र जथाभावी आक्रमण गर्न थालेका थिए । कुटपिटपछि उनीहरूले चौकीदारलाई गोलघरमै बन्दी बनाएका थिए । यति मात्र नभई प्रहरीले हस्तक्षेप गर्नसक्ने आशंकामा उनीहरुले जेलको भित्रैबाट ताला समेत लगाएका थिए । पछि सशस्त्र र जनपथ प्रहरीको टोली नख्खु कारागार पुगेर स्थिति नियन्त्रणमा लिएको थियो ।
जेलभित्रै यसरी गम्भीर प्रकृतिको भगडामा संलग्न १५ जनालाई बुधबार राति नै हत्कडी लगाएर हिरासतमा लिइएको थियो भने अन्य केहीलाई पनि कारवाहीको दायरामा ल्याइएको बताइएको छ ।
झगडामा संलग्न २१ जना कैदीलाई बिहिबार जेल सरुवा गरी राजधानी बाहिर पठाइएको छ भने घाइते चौकीदारको अस्पतालमा उपचार चलिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले दक्षिण अफ्रिकामा भेटिएको नियोकोभ कोरोना भाइरसबारे थप अध्ययन आवश्यक रहेको बताएको छ। चीनका अनुसन्धानकर्ताहरुले दक्षिण

सुर्खेत। जिल्ला अदालत दैलेखले मृत्यु भएका एक व्यक्तिलाई जन्मकैदको फैसला गरेको छ । कर्तव्य ज्यान मुद्दा चलिरहेका कसूरदारको मृत्युपछि जिल्ला अदालतले

काठमाडौँ । पाँच दलीय समन्वय समितिका संयोजक एवम् नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तत्काल राजनीतिक निकास नखोजेमा गठबन्धनको औचित्यमाथि प्रश्न

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै भएपनि त्यसको सामनाको लागू आफूहरु तयार रहेको

आजको प्रमुख समाचार