काँग्रेस अन्यायको सामू कहिले झुक्दैन: नेता केसी

२० बैशाख २०७०, शुक्रबार ०२:०१ मा प्रकाशित

क्यालिफोर्निया । काँग्रेस नेता अर्जुननरसिंह केसीले नेपाली काँग्रेस अन्यायको सामू कहिले पनि नझुक्ने बताउनुभएको छ । अन्यायका सामू कहिले पनि नझुकी नेपाली जनतालाई पूर्ण प्रजातान्त्रिक अधिकार दिन काँग्रेस प्रतिवद्ध रहेको उहाँले स्पष्ट पार्नुभएको छ ।

नेपाली जनसम्पर्क समिति क्यालिफोर्निया च्याप्टरले क्यालिफोर्नियाको वर्कलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै काँग्रेस नेता केसीले समयको परिवर्तनसँगै जनताका मौलिक हक र अधिकार पनि बढेकाले अब काँग्रेसले नयाँ र स्पष्ट एजेण्डाका साथ जनताका सामू जाने बताउनुभयो ।

केसीले पहिलो संविधानसभामा एकीकृत माओवादीले विभिन्न वहाना गर्दै आफ्ना स्वार्थ पूरा गर्न जनतालाई झुक्याएकाले नयाँ संविधान बन्न नसकेको बताउनुभयो । आगामी निर्वाचनमा नेपाली जनताले प्रजातान्त्रिक संविधान बनाउनका लागि नेपाली काँग्रेसलाई अग्रपङ्क्तिमा ल्याउने विश्वास समेत काँग्रेस नेता केसीले व्यक्त गर्नुभयो ।

केसीले काँग्रेस संघीयता र जाति विरोधी नभएको समेत स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो– काँग्रेसले त केवल देशले थेग्नसक्ने जति संघीय प्रदेश बनाउनुपर्ने र सन्तुलनका लागि जातिय नभई सामथ्र्यका आधारमा संघीयता चाहेको हो ।

केसीले नेपालमा लोकतन्त्रको रक्षाका लागि विदेशमा रहेका नेपालीहरुको योगदान महत्वपूर्ण रहेको चर्चा गर्दै लोकतन्त्रको रक्षाका लागि विदेशमा रहेका नेपालीहरुलाई पनि सक्दो सहयोग गर्न आह्वान गर्नुभयो ।

एक अर्को प्रसंगमा काँग्रेस नेता केसीले युवा जनशक्तिलाई देश फर्काउने बिषयमा नेपाली काँग्रेसले प्राथमिकताका साथ बहस गर्ने समेत बताउनुभयो । नेपालको राजनीतिक समस्या र युवा जनशक्तिको पलायनका बिषयमा अन्तरक्रियामा भएको छलफलमा सहभागी युवाहरुले नेपाल फर्केर आफ्नो सीप प्रयोग गरि देश विकास गर्ने इच्छा रहँदारहँदै पनि देशमा लगानीको सुरक्षा र पेशाको ग्यारेन्टी नभएको भन्ने गुनासोलाई सम्बोधन गर्दै काँग्रेस नेता केसीले उक्त कुरा बताउनुभएको हो ।

विगतमा राणा र राजतन्त्र दुवैले नेपाली काँग्रेसलाई शत्रु देखेकै कारण आफ्नो अस्तित्व गुमाएको स्मरण गर्दै केसीले माओवादीले पनि लोकतन्त्रको खिल्ली उडाउँदै नेपाली जनतालाई चुस्दै काँग्रेसलाई प्रमुख दुस्मन ठानेकाले यसको पनि छिट्टै नै राणा र राजतन्त्रको जस्तो हालत हुने चेतावनी दिनुभयो ।

उक्त अन्तरक्रिया कार्यक्रममा क्यालिफोर्नियामा रहेर आफ्नो पेशा व्यवसाय गर्दै आएका चार सयभन्दा बढी नेपालीहरुको सहभागिता रहेको थियो । अन्तरक्रियामा बोल्दै वक्ताहरुले प्रजातन्त्रको लागि कुर्वानी गर्दै लामो इतिहास बनाएको नेपाली काँग्रेसले माओवादीको लहलहैमा लागेर प्रजातन्त्रविरुद्ध सम्झौता गरेको, राज्य सञ्चालनको मूल बिषयमा स्पष्ट बन्न नसकेको, संगठन निर्माणमा कमजोर बनेको र पार्टीभित्र फूटको राजनीति हुने गरेकोमा असन्तुष्टि व्यक्त गरेका थिए । काँग्रेस नेता केसीले संघीयताको बिषयमा राख्नु भएको विचारलाई सहभागीहरुले उच्च प्रशंसा गर्दै संघीयता र जातीयताका बिषयमा प्रष्ट विचार राख्ने काँग्रेस नेतामा केसी बाहेक कोही नभएको भन्दै सहभागीहरुले केसीको प्रशंसा गरेका थिए । साथै वक्ताहरुले अमेरिकामा रहेका लोकतन्त्रवादी नेपालीहरु एकजूट भएर अगाडि बढनुपर्नेमा समेत जोड दिएका थिए ।

नेपाली जनसम्पर्क समिति क्यालिफोर्निया च्याप्टरका अध्यक्ष चन्द्र धितालको सभापतित्वमा सम्पन्न कार्यक्रममा पियुष दाहाल, पदम रावल, उत्तम कार्की, हरिहर दाहाल, रेशम तामाङ, विश्वनाथ भण्डारी, बैकुण्ठ खनाल, विद्यासागर योञ्जन, विनोद भट्ट लगायतले बोल्नु भएको थियो । जनसम्पर्क समिति अमेरिकाका महासचिव प्रतिक पाण्डेले उक्त अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्नुभएको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा बे एरियाका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

काँग्रेस नेता केसी करिब तीन साता लामो अमेरिका बसाईको क्रममा बुधबार बिहान क्यालिफोर्निया आउनु भएको हो । इण्डियाना राज्यको युनिभर्सिटी अफ नोट्रेडेम क्रक इन्स्टिच्यूट अफ पिस एण्ड कन्फिलिक्ट म्यानेजमेन्टमा शक्ति र द्वन्द्व व्यवस्थापन सम्बन्धी कार्यक्रममा भाग लिएर कार्यकर्ता भेटघाटमा व्यस्त केसी अमेरिकाको न्यूयोर्क, मेरिल्याण्ड जस्ता राज्यमा अन्तरक्रिया सकेर अर्को साता स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबारको दिन सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष