काभ्रेका बलात्कारीहरु जेल चलान, स्याङ्जामा १८ वर्षिया भइन् बलात्कारको शिकार

१९ बैशाख २०७०, बिहीबार २२:५५ मा प्रकाशित

काठमाडौं, १९ वैशाख । गत चैत्र १३ गते काभ्रे काफ्लेथोककी एक किशोरीमाथि सामूहिक बलात्कार गर्ने सात जनालाई अदालतले जेल पठाउने आदेश दिएको छ । रातको समयमा डकैत शैलीमा घरभित्र छिरेका हतियारधारी समूहले मेथिनकोट गाविस ८ की १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरी घरमा लुटपाट मच्चाएका थिए । 
सामूहिक बलात्कार गर्ने सात जना अभियुक्तहरुमा काभ्रे सिपाली चिलाउने ३ का ५४ बर्षे शंखमान मोक्तान, मेथिनकोट ९ का २५ बर्षे बिशाल भन्ने पञ्च बहादुर स्याङतान तामाङ, शिखरआम्बोटे ८ का २२ बर्षे कुमार बिक, मेथिनकोट ८ का १८ बर्षे रामबहादुर स्याङतान तामाङ र सिपाली चिलाउने ३ का २० बर्षे ट्यापे भन्ने आकाश तामाङमा, शिखरआम्बोटे ८ घर भई हाल काठमाडौ बौद्ध बस्ने कृष्ण बिक, बनेपा ८ बस्ने जानुका थापा रहेका छन् । जानुकाले अपराधी समूहलाई बलात्कारका लागि उक्साएकी किटानी जाहेरी परेको थियो ।
यसैबीच स्याङ्जा साँखर गाविसकी एक १८ वर्षीया सामूहिक बलात्कारको सिकार भएकी राससले जनाएको छ । सामान्य बिरामी भई रामपुर अस्पतालमा उपचार गराई घर फर्किरहेको बेला मोटरसाइकलमा आएका चार युवाको समूहले आफूलाई बलात्कार गरेको पीडित युवतीले जानकारी दिएकी छन्। दुई वटा मोटरसाइकलमा आएका युवाले साँखर गाविस–८ स्थित सालघारीमा लगेर बलात्कार गरेको युवतीलाई उद्धृत गर्दै स्थानीय उद्धारकर्ता गोविन्द गैह्रेले जानकारी दिए । बताइएअनुसार युवतीको यौनाङ्ग, टाउको, घाँटीसहित शरीरका विभिन्न भागमा चोट लागेको छ।
राति ९ बजेको समयमा सालघारीभित्र रोइरहेको सुनेर बटुवाले स्थानीयवासी र प्रहरीलाई खबर गरेपछि युवतीको उद्धार गरिएको अस्थायी प्रहरी चौकी साँखरका प्रमुख सोमबहादुर कुमालले जानकारी दिए ।
उनको अहिले पाल्पा मिसन अस्पतामा उपचार भइरहेको छ। बलात्कारमा संलग्न युवा भने फरार रहेका र उनीहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । समय समयमा बर्बराउने युवती कहिले होसमा आउने त कहिलो बेहोस हुने गरेको आफन्तले बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

दमौली । नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से

न्यूयोर्क । रुसी विपक्षी नेता अलेक्सी नाभाल्नी विष प्रकरणमा अमेरिकाले रुसका शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले रुसका शीर्ष