प्रचण्ड लेण्डुप दोर्जेको नयाँ रुप : गजुरेल

१९ बैशाख २०७०, बिहीबार २२:४१ मा प्रकाशित

काठमाडौं, १९ वैशाख । आगामी कात्तिक वा मंसिरमा निर्वाचन हुने भन्दै प्रमुख दलहरु निर्वाचनको तयारीमा जुटिरहेको बेला नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले मंसिरमा पनि कुनै पनि हालतमा संविधानसभाको निर्वाचन हुन नसक्ने दाबी गरेका छन् । सम्भावित संविधानसभाको निर्वाचनले सरकारले गरेका राष्ट्रघाती सन्धी–सम्झौताहरुलाई बैधानिकता दिने भएकाले आफूहरुले निर्वाचन हुनै नदिने उनले बताए । बिर्तामोड झापामा आयोजित एक कार्यक्रममा उनले जनताको पक्षमा नभएको बिप्पा सम्झौता, जनमुक्ति सेनाको बिघटन र प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउने निर्णयहरु राष्ट्रघाती काम भएको उल्लेख गर्दै राष्ट्रिय स्वाधीनताको मुद्दा आफ्नो पार्टी माओवादीले कहिल्यै नछोड्ने जिकीर गरे । 
आफूहरु जुन प्रक्रियाअन्तर्गत शान्ति र संविधान प्राप्त हुन्छ भनेर प्रवेश गरेको हो त्यो असफल भईसकेको दाबी गदै नेता गजुरेलले अब फेरी त्यही प्रक्रियाको पछाडी लाग्नु भनेको जनतालाई थप मुर्ख बनाउनु हो भने । प्रचण्डहरु यतिबेला जनतालाई मुर्ख बनाउन लागिपरेको आरोप सीपीले लगाए । असारमा संविधानसभाको निर्वाचन हुन नसक्ने अवस्था निम्त्याउन आफ्नै पार्टीको भूमिका रहेको बताउँदै उनले मंसिरमा चुनाव हुन नदिनका लागि पनि एक थोपा रगत रहेसम्म आफूहरु लागिरहने जनाए ।
माओवादी उपाध्यक्ष गजुरेलले प्रचण्डको भारत भ्रमणलाई आफूहरुले नेपाली लेण्डुप दोर्जेको भारत यात्राका रुपमा लिएको उल्ल्ेख गर्दै नेपालका चार लेण्डुपहरुलाई कुनै हालतमा सफल हुन नदिने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४