पूर्वयुवराज पारश स्वस्थ, केही सातामा नेपाल आउने

१९ बैशाख २०७०, बिहीबार १५:५२ मा प्रकाशित

काठमाडौं, १९ वैशाख । गत ८ फागुनमा अकस्मात गम्भीर हृदयाघातपछि पुनर्जीवन पाएका पूर्वयुवराज पारश शाहलाई सुधार गृहले छुट्टी दिएको छ । लामो समयको अस्पताल बसाईबाट स्वास्थ्य लाभ भएपछि उनलाई पुनः बैंककबाट केही टाढा च्यान्चाई सुधार केन्द्रमा भर्ना गरिएको थियो । उनले त्यहाँ एक महिना गुजारेका थिए । यतिबेला उनलाई समितिभेज अस्पतालनजिकै अस्थायी अपार्टमेन्टमा राखिएको छ भने अस्पतालका डाक्टरहरूले उनको नियमित स्वास्थ्य परीक्षण र निगरानी गरिरहेका छन् ।
बताइएअनुसार सुधार केन्द्रको बसाइपछि पारसको स्वास्थ्यसँगै दैनिकीमा सकारात्मक सुधार आएको छ । उनलाई केही सातापछि पूर्वयुवराज्ञी हिमानी बैँकक गएर नेपाल लिएर आउने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको बताउनुभएको

म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन र होटलमा बस्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट