राजदूत मायालाई फिर्ता गर्न एमाओवादी भातृसंस्थाको सिफारिस

१९ बैशाख २०७०, बिहीबार ०८:२७ मा प्रकाशित

काठमाडौं, १९ वैशाख । कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्मालाई फिर्ता गर्न एमाओवादीको अन्तर्राष्ट्रिय ब्युरोअन्तर्गत रहेको कतार संगठनले एमाओवादी केन्द्रीय कार्यालयलाई सिफारिस गरेको छ । राजदूतको क्रियाकलाप र व्यवहार श्रमिकमैत्री नभएको, कामदारको दलाली गरी ठगी गर्नेहरूसँग नजिकको सम्बन्ध राखेको र ठूला दलहरूसँग आस्था राखेर विचारविर्मश गर्नेहरू असुरक्षित भएको जस्ता गम्भीर आरोप लगाई तत्काल फिर्ता गर्न केन्द्रीय कार्यालयलाई सिफारिस गरिएको बताइएको छ । एमाओवादी सिफारिसमा कतारका लागि राजदूत बनेर एक वर्षअघिदेखि कार्यरत शर्मा कूटनीतिक अज्ञानता र कार्यक्षमताको विषयलाई लिएर यतिबेला चौतर्फी रूपमा आलोचना खेपिरहेकी छिन् ।
राजदूत शर्माले हालै बीबीसीको साझा सवाल कार्यक्रममा  ‘कतार खुल्ला जेल नै हो’ भनेर दिएको अन्तर्वार्ताको व्यापक विरोध हुनुका साथै राजदूतको उक्त अभिव्यक्तिले दुई देशबीचको सम्बन्धमाथि आँच आउन सक्ने भन्दै नेपाली समुदायका प्रतिनिधिहरूले विरोध जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने तयारी गरेका छन् । केन्द्रीय समिति

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

आजको प्रमुख समाचार