कपिलवस्तुमा ४५ नाल गैरकानूनी बन्दुक संकलन

१९ बैशाख २०७०, बिहीबार ०७:३४ मा प्रकाशित

कपिलवस्तु, १९ वैशाख । गैरकानुनी रुपमा रहेका हातहतियार बुझाउन सर्वसाधारणका लागि गृहमन्त्रालयले दोश्रो पटक थपेको म्यादको अन्तिम दिनसम्म कपिलवस्तु ४५ नाल बन्दुक संकलन भएको छ । जसमा शिवपुरका सर्वसाधारणहरुले ७ वटा भरुवा बन्दुक प्रहरीलाई बुझाएका छन् । अवैध हातहतियार बुझाउने सूचना लिई गाउंँमा पुगेपछि सर्वसाधारण्ँले प्रहरीलाई सो परिमाणको हतियार बुझाएका हुन् ।
शिवपुर–९ बलुहवाका सर्वसाधारण्ँले ६ थान भरुवा बन्दुक बुझाएका थिए भने शिवपुर १ का एक व्यक्ति इलाका प्रहरी कार्यालय चन्द्रौटामा पुगी एक थान भरुवा बन्दुक बुझाएको इलाका प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।
गृह मन्त्रालयले अवैध हातहतियार सुरक्षा निकायमा बुझाउन प्रथम पटक ०६९ फागुन १७ मा ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको थियो । सो अवधिमा सर्वसाधारण्ँले राखेको हतियार संकलन नभएपछि पुनः २०६९ चैत्र १८ गते दोस्रो पटक ३० दिनको म्याद थप गरेको थियो । अबैध हतियार बुझाउन गृह मन्त्रालयले थपेको म्याद सकिँदा समेत कपिलवस्तुमा कुल ४५ थान मात्रै हतियार संकलन भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक  राजेन्द्र ढकालले बताए ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता बढाइरहेको छ । पछिल्लो मत परिणामअनुसार पाँच महानगरमा गठबन्धनको अग्रता छ भने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई झन फराकिलो बनाउँदै लगेका छन् । २३ हजार २२३

झापा । झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी