उखु–कृषकको ४० करोड भुक्तानी बाँकी

१९ बैशाख २०७०, बिहीबार ०७:२५ मा प्रकाशित

चन्द्रकान्त खनाल, १९ वैशाख । नवलपरासीका चिनी उद्योगहरुले  किसानहरुलाई उखु खरिद गरेवापतको करिब ४० करोड रकम भुक्तानी दिन बाँकी रहेको बताइएको छ । जिल्लामा रहेका चिनी उद्योगहरुले किसानलाई बैशाख महिनाभित्र भुक्तानी दिने सहमति गरेकोमा इन्दिरा सुगर मिल गंगापुर प्रतापपुर र बागमती खाँडसारी सुगम मिलले केही समयदेखि साप्ताहिक रुपमा भुक्तानी सुरु गरेको भए पनि लुिम्बनी चिनी कारखानाले अहिलेसम्म भुक्तानी नै सुरु नगरेको उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश यादवले बताउनुभयो । उखु बिक्रि गरेवापतको रकम समयमा भुक्तानी नपाउँदा किसानहरु समस्यामा परेका छन्  ।
जिल्लामा रहेका तीन वटा चिनी उद्योगहरु मध्ये इन्दिरा सुगर मिल गंगापुर प्रतापपुरले २३ करोड, बागमती खाँडसारी सुगम मिल कुडियाले १० करोड र लुम्बिनी चिनी उद्योग सुनवलले ७ करोड किसानको उखु खरिदबापतको रकम भुक्तानी दिन बाँकी रहेको छ ।
नवलपरासीका चिनी उद्योगहरुले ४ सय ८१ रुपैयाँ प्रतिक्वीन्टलमा उखु खरिद गरेका थिए । जिल्लामा सन्चालित चिनी उद्योगहरुले उखु उत्पादक कृषक समितिसंग बैशाख मसान्तसम्ममा किसानको उखु खरिदबापतको रकम भुक्तानी गर्ने लिखित सहमति गरेको भए पनि बैशाख मसान्तभित्र नवलपरासीका किसानहरुले उखु बिक्रिबापतको रकम भुक्तानी पाउनेमा नवलपरासीका किसान विश्वस्त हुन सकेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर

काठमाडौँ ।संसदीय निर्वाचन २०७४ साल मङ्सिरमा भएकाले संसद्को पाँच वर्षे कार्यकाल सकिन अझै एक वर्ष बाँकी छ । संसद्का दुवै

काठमाडौँ ।निर्वाचन आयोगले एकपछि अर्काे ताकेता गर्दा पनि सरकारले स्थानीय तहको निर्वाचनबारे अन्योलता थपिरहेको छ । बरु सरकारमा आवद्ध पाँच