अशोक राईको दल पनि निर्वाचनमा जान तयार

१९ बैशाख २०७०, बिहीबार ०७:०९ मा प्रकाशित

काठमाडौं, १९ वैशाख । रेग्मी सरकारको वार्ता टोलीसँग छलफलपछि संघीय समाजवादी पार्टी, नेपालले चुनावमा भाग लिने भएको छ । चार दलीय उच्चस्तरीय राजनीतिक समितिको विरोध गर्दै आन्दोलनमा उत्रेको संघीय समाजवादी पार्टी नेपाल र सरकारबीच छ बुँदे मागमा आधारित रही बुधबार करिब चारघण्टासम्म वार्ता भएको थियो । चार दलीय राजनीतिक सहमतिको ११ बुँदै खारेज हुनुपर्ने, राष्ट्रपतिबाट भएको २५ बुँदे बाधा अड्काउ फुकाउ खारेज हुनुपर्ने, वर्तमान राजनीतिक निकास सर्वदलीय सम्मेलनबाट खोजिनुपर्ने, निर्वाचन क्षेत्र पुनरावलोकन हुनुपर्ने, संविधानसभामा समानुपातिकतर्फको सख्या घटाउन नहुनेलगायत ६ बुँदे माग राख्दै संघीय समाजवादीले आन्दोलन थालेको थियो । आन्दोलनमा उत्रिएपछि पहिलोपटक सरकार र सो पार्टीबीच वार्ता भएको हो ।
ुहाम्रो छ बुँदे मागप्रति सरकारले सकारात्मक प्रतिया दिएको छ,ु उक्त पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले भने, ुदेश निर्वाचनतर्फ धकेलिएको अवस्था छ । हामी सकारात्मक मोडेलबाट जान चाहन्छौं । सरकारले हाम्रो मागलाई सम्बोधन गरे निर्वाचनमा भाग लिन्छौं ।ु बबरमहलस्थित शान्ति कोष सचिवालयमा भएको वार्तामा सरकारको तर्फबाट गृहमन्त्री माधव घिमिरे, सञ्चारमन्त्री माधव पौडेल र स्वास्थ्य मन्त्री विद्याधर मल्लिक तथा प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा सहभागी थिए । त्यसैगरी उक्त पार्टीको तर्फबाट महासचिव श्रेष्ठको नेतृत्वको वार्ता टोलीमा उपाध्यक्षद्वय गोपाल ठाकुर र दानबहादुर विश्वकर्मा तथा उपमहासचिव राधा तिमिल्सिना सहभागी थिए ।
वार्ताका क्रममा सो पार्टीले विगतमा संविधानसभामा सहेका समानुपातिकतर्फको प्रतिनिधित्व संख्या, अनुपात र प्रतिनिधित्व सम्बन्धी व्यवस्था कार्यमै राखिनुपर्ने, जनगणनाको नयाँ तथ्यांकका आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने र  विदेशमा रहेका नेपाली नागरिले आगामी संविधान सभाको निर्वाचनमा आफू रहेकै देशमा मतदान गर्न पाउने व्यवस्था मिलाउनु पर्ने माग समेत राखेको छ । यी सबै मागप्रति सरकार सकारात्मक देखिएको संघीय समाजवादीका नेताहरुले प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा