दिउँसै सपना नदेख्न प्रचण्डलाई ओलीको आग्रह

१९ बैशाख २०७०, बिहीबार ०६:५५ मा प्रकाशित

काठमाडौं, १९ वैशाख । नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बिना हैसियत राजनीतिक नौटंकी प्रदर्शन गरेको आरोप लगाएका छन् । बिना हैसियत दाहालले नखरा पार्दा चीन र भारतसमेत आश्चर्यमा परेको टिप्पणी ओलीले गरे । १ सय २४ औं मे दिवसका अवसरमा एमालेको भातृ संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले खुल्लामञ्चमा आयोजना गरेको सभामा बोल्दै ओलीले एउटा हैसियतमा यात्रामा आएको मान्छेले अर्कै हैसियतमा कुरा गरेको देख्दा चिनियाँहरु उनकै अगाडि फिसिक्क हाँसिदिएको खुलासा गरे ।
मजदुरहरुको ट्रेड युनियन आन्दोलनमा उग्रवामपन्थी हानिकारक विचारले सर्बहारा वर्गीय श्रमिक आन्दोलनलाई नै गलत दिशामा लान पहिचानका नारा उरालेर षड्यन्त्र गरिरहेको आरोप लगाउँदै ओलीले त्यसप्रति सचेत बन्दै सही रुपमा आन्दोलन अघि बढाउन आग्रह गरे ।
एकीकृत नेकपा माओवादीको हैसियत कमजोर बनिसके पनि अझै नचेतेको उल्लेख गर्दै ओलीले एमाओवादीको हैसियत खस्किए पनि मति नसप्रिएको कुरा दल दर्ताका बेला निर्वाचन आयोगमा देखाएको ताण्डव नृत्यले पनि प्रस्ट्याएको उनले जनाए । हिसिला यमीको व्यवहारतर्फ संकेत गर्दै उनले भने, ‘आयोगमा पूर्वप्रधानमन्त्रीदेखि उनकी श्रीमतीसम्म उफ्रिदाँ हिजोको संविधानसभा निर्वाचनकै गुरिल्लापथको झलक पाइयो ।’
ओलीले पछिल्ला भाषणहरुमा दोहोर्याउँदै आएको ‘एमालेको बहुमत र लोकतान्त्रिक शक्तिहरुको दुईतिहाई आउने गरी निर्वाचनको तयारीमा लाग्न’ उनले कार्यकर्ताहरुलाई निर्देशन दिए । वाईसीएलको आतंकमा २०६४ चैतको निर्वाचनमा प्राप्त परिणामकै सपना अहिले पनि एमाओवादीले देखिरहेको भन्दै एमालेले दाहाललाई निर्वाचनकै परिणामबाट हैसियत देखाइदिने उल्ल्ेख गरेका ओलीले दिउँसै सत्ता कब्जाको सपना नदेख्न एमाओवादीलाई कडा चेतावनी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री